पार्टी एकतामा नयाँ ट्वीस्ट: माओवादीले ५० प्रतिशत दाबी गर्‍यो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पार्टी एकतामा नयाँ ट्वीस्ट: माओवादीले ५० प्रतिशत दाबी गर्‍यो



५ प्रतिशत मात्र बाँकी भनिएको एमाले–माओवादी एकता र शक्तिको बाँडफाँडको विषय ‘नाटकीय’ रुपमा भाँडियो । र त्यसलगत्तै असर पनि देखियो, माओवादीको समर्थनमा हिजो केपी ओली प्रधानमन्त्री भए । सानो आकारको मन्त्रिमण्डल पनि बनाए । तर, सरकारमा माओवादी भने सहभागी भएन ।

यस विषयमा प्रचण्ड निवासमा माओवादीका नेताहरुवीच अनौपचारिक कुराकानी भईरहेको छ । एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त के बनाउने भन्नेमा एमाले र माओवादी नेताहरुबीच फरक–फरक धारणा आएका छन् ।

यस्तो कुराकानीमा माओवादीका एक नेताका अनुसार एमालेले वैचारिक रुपमा धेरै दवाव दिएपछि एकताको विषयमा ‘ब्रेक’ लागेको हो । एमाले नेताहरुले ‘जबज’ लाई एकीकृत पार्टीको मार्ग निर्देशक सिद्धान्त स्वीकार गर्नुपर्ने अडान लिएका छन् ।

जवकि माओवादी नेताहरुले ‘२१औं शताब्दीको जनवाद’ लाई स्वीकारेर जानुपर्ने अडानमा छ । दुई पार्टीका नेताहरुबीच देखिएको यो सैद्धान्तिम मतभेद पार्टी एकता र सरकार गठनसम्ममा देखिएको छ ।

चुनावी तालमेलमा ६० र ४० प्रतिशत सीट ल्याएर एमाले र माओवादवीच गठबन्धन भएको थियो । तर, माओवादी नेताहरुले पार्टी एकतामा चाहिँ ‘फिप्टी–फिप्टी’ अर्थात आधा–आधाकै सूत्रमा अगाडि बढने निश्कर्ष निकालेका छन् ।

‘चुनावी गठबन्धन बनाउदा हामीले ६० र ४० वा ७० र ३० का कुरा गरेका हौँ । पार्टी एकतामा यही सूत्रले काम गर्दैन । हरेक कुरामा आधा–आधा हुन्छ ।’ अनौपचारिक कुराकानीमा प्रचण्डले बताएको माओवादीका एक नेताले सुनाए ।

प्रधानमन्त्रीको कार्यकाल, पार्टी अध्यक्षको जिम्मेवारीदेखि अन्य सवै शक्तिमा आधा–आधाको हिस्सामा मात्र सहमति जुटने माओवादीको दावी छ ।