ओलीले ल्याएको विषय खतरनाक: माओवादीमा विद्रोह बढ्दै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ओलीले ल्याएको विषय खतरनाक: माओवादीमा विद्रोह बढ्दै



काठमाडौं ।

एमालेसँग पार्टी एकता गरेर एउटै कम्युनिष्ट केन्द्र बनाउने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल दोहोरो संकटमा परेका छन् । एमालेसँग पार्टी एकता गर्नेबारे कुनै दुविधामा नरहेको बताउने दाहाललाई विद्रोहका स्वरले भने झस्काईरहेको छ ।

केही दिन पहिले विश्वभक्त दुलाल आहुतीले झस्काए । आहुतिले आफू माओवादी केन्द्रमा नरहेको बताए। अहिले केन्द्रीय सचिवालय सदस्य र प्रदेश १ को इन्चार्ज समेत रहेका गोपाल किँरातीले झस्काएका छन् । उनले पेरिसडाँडामा आफुले आठौँ महाधिवेशन आह्वानका लागि बुझाएको पत्र समेत सार्वजनिक गरिदिएका छन् । उनले पार्टीको आठौँ महाधिवेशन आयोजना गर्न भनेका छन् ।

उनले भनेका छन्, ‘मालेमावादी जवाफ आम जनदिशा आधारित आठौं महाधिवेशनमा खोज्नु पर्छ । हामीलाई लाग्छ, नेपाली सर्वहारावर्ग र उत्पीडित समुदायको साथमा माओवादी नै भएर अघि बढ्न तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न सम्भव छ । सर्वहारा साँस्कृतिक रुपान्तरणको शर्तमा नेपालबाट विश्वक्रान्तिको सेवा सम्भव छ ।’

अर्कोतिर काठमाडौं जिल्ला इन्चार्ज एवं प्रभावशाली नेता लेखनाथ न्यौपाने समेत जताततै भत्किएकै देख्छन् । उनले भनेका छन्, ‘ पार्टी एकताका निम्ति मुलभूत आधारहरु तयार हुनुपर्छ । एकताका आधारहरु भनिसकेपछि त्यो सैद्धान्तिक–वैचारिक आधार हुन्छ । त्यो रणनीतिक र कार्यनीतिक आधार हुन्छ, कार्यक्रम र नीतिको आधार हुन्छ । अनि मात्रै हामी हामी चौथो नम्बरमा नेतृत्व र कार्यकर्ताको आधारमा प्रवेश गर्छौं ।’ एमालेसँग अहिले चौथो नम्बरबाट अर्थात् उल्टो बाटोबाट छलफल भइरहेको जस्तो देखिन्छ ।

उनले अगाडि भनेका छन्, ‘हामी जत्तिको नेतालाई के आधारमा पार्टी एकता हुँदैछ भन्नेसम्म जानकारी हुनु पर्ने हो । त्यस्तो अहिलेसम्म भएको छैन । एकाध नेताहरुको व्यवस्थापन गर्ने कुराको गाइँगुइँ सुनिएको छ ।’

विचार र सिद्धान्तको विषयमा कुनै छलफल छैन, उनले अगाडि भने, रणनीति र कार्यनीतिको बारेमा छलफल भएको र त्यसको आधार तयार गरिएको थाहा छैन । नीति र कार्यक्रम आशिंक रुपमा चुनावी घोषणापत्रलाई मान्न सकिन्छ । चौथो नम्बरमा भने घनिभूत छलफल भएको छ । फलानो पद पाए एकता हुन्छ वा फलानो पद मलाई चाहिन्छ । त्यसो भयो भने एकता हुन्छ भनेर एकाध नेताहरुको व्यवस्थापनको कुरा चाहिं निकै उठेको मैले थाहा पाउँछु । त्योभन्दा बाहेक अघिल्ला दुईवटा विषयमा प्रवेश नै भएको देखिँदैन ।’ यो उल्टो बाटो मात्रै नभइ अगाडि नजाने मति हो ।

उनले ओलीले झिकेको विषय, डरलाग्दो भनेका छन् । उनले भने, ‘ओलीले अब कम्युनिस्ट पार्टी बन्ने सम्भावना छैन भन्ने विषय सार्वजनिक गर्नुभयो । तर उहाँले के नियतबाट भन्नुभयो मलाई थाहा छैन । हामी कम्युनिष्ट छैनौं, त्यसकारण अब बन्ने पार्टी पनि कम्युनिस्ट पार्टी हुँदैन भन्नु भएको भए त्यो कुरा ठीकै हो । तर, कम्युनिष्ट पार्टी बनाउन जरुरी छैन भनेको हो भने त्यो सबैभन्दा डरलाग्दो विषय हो ।’