प्रदेश नं ७ को सरकारद्बारा २५ अर्वको बजेट प्रस्तुत  - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रदेश नं ७ को सरकारद्बारा २५ अर्वको बजेट प्रस्तुत 



कैलाली । प्रदेश नं ७ को सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि शुक्रवार दिउसो ३ बजे बसेको बैठकमा करिव २५ अर्व ६ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले करिव २५ अर्व ६ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश सरकारले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५ / ०७६ को वार्षिक बजेटमा प्रदेशमा औद्योगिकरणको विस्तारका लागि सरकारले करछुटको व्यवस्था गरेको छ ।

कति प्रतिशत कर छुट दिने भन्ने कुरा उद्योगमा लगाउने लगानी, रोजगारी प्रदानको अवस्था र आयात प्रतिष्ठापनलाई आधार बनाएर कर छुटको नीतिगत व्यवस्था हुने मन्त्री  बोहराले बताउनु भयो । साथै प्रदेशमा आन्तरिक र बाह्य लगानी भित्र्याउन सरकारले करछुटको नीतिगत व्यवस्था गर्न लागेको मन्त्री बोहराले बताउनु भयो ।

बजेटमा पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ । सडक, पुल, खानेपानी आयोजना तथा कृषि र पर्यटनका लागि पूर्वाधार नै बजेटको प्राथमिकता परेका छन् ।

बजेटमा प्रदेश भित्रका अल्पसख्यंक समुदाय–राजी, राउटे, महिला, दलित तथा पिछडिएका वर्गका लागि पनि विशेष व्यवस्था गरिएको छ । त्यस्तै आर्थिक वर्षको बजेटमा प्रदेशभित्र अत्याधुनिक रंगशाला निर्माणका लागि पनि बजेट विनियोजन तथा गरिबी निवारणका लागि स्वरोजगार कार्यक्रम, शिक्षित तथा अशिक्षित युवाहरूलाई स्वरोजगार कार्यक्रममा सहभागी गराइने नीति रहेको छ ।