प्रदेश ७ मा नेता चयन गर्ने जिम्मा भीम रावललाई - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रदेश ७ मा नेता चयन गर्ने जिम्मा भीम रावललाई



डोटी ।  प्रदेश ७ मा नेकपा एमालेले पार्टीको संसदीय दलको नेता चयन गर्ने जिम्मा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावललाई दिएको छ ।

शुक्रबार विहान बसेको प्रदेश संसदीय दलको बैठकले सहमतिमा नै नेता चयन गर्ने निर्णय गर्दै त्यसको जिम्मा संयोजक रावललाई लिएको हो । उनले अब संसदीय दलको नेताका आकांक्षीसँग छलफल गरेर नेता चयन गर्नेछन् ।

बैठकमा सहभागी अधिकांश सांसदहरुले निर्विरोध नेता चयन गर्नुपर्ने विचार राखेका थिए । प्रदेश ७ को संसदीय दलको नेताका लागि प्रकाशबहादुर शाह, दीर्घ सोराडी, पठान सिंह बोहरा र लिलाधर भट्टलगायत आकांक्षी रहेका छन् ।