बाल दिवसका अवसरमा प्रधानमन्त्रीको सुभकामना ,उनीहरुको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बाल दिवसका अवसरमा प्रधानमन्त्रीको सुभकामना ,उनीहरुको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने



२८ भदौ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने बताएका छन् ।

‘सम्वर्द्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मुल नाराका साथ मनाउन लागिएको बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले देशको राजनीतिक परिवर्तनसँगै सबैको प्रयत्नमा बाल अधिकारको क्षेत्रमा धेरै कार्यहरु भएका बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डल बालबालिकाको विशेषतः संरक्षण र सुरक्षाको क्षेत्रमा गर्नुपर्ने कार्यहरु अझै पनि धेरै रहेको उल्लेख गरेका छन् ।

बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार शोषण लगायत बालबिवाहजस्ता कूप्रचलनका घटनाहरु पूर्ण रुपमा न्यूनीकरण गर्दै बास्तविक बाल अधिकार प्रवर्द्धन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

बाल अधिकार हनन्का घटनाहरुबाट बालबालिकालाई जोगाउन नेपाल सरकार निरन्तर प्रयत्नशील रहेको भन्दै  प्रधानमन्त्रीले संवैधानिक व्यवस्थादेखि विद्यमान नीति तथा कानूनहरुको कार्यान्वयनमा सबै पक्षले सहयोग र सहकार्य गर्दै अगाडि बढ्नकासम्पूर्ण सरोकारवालालाई आब्हान गरेका छन् ।

source:onlinekhabr