३० हजार बढी मतले एमालेका पार्वत गुरुङ बिजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

३० हजार बढी मतले एमालेका पार्वत गुरुङ बिजयी



दोलखा ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् ।

उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ । एमाले केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज गुरुङ यसअघि ०७० सालमा दोलखा १ बाट निर्वाचित भएका थिए ।