परदेशमा छुट्टिको रमझम - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

परदेशमा छुट्टिको रमझम



हरि थापा

यति बेला परदेशमा विशेष चार्ड चलिरहेको छ विभिन्न चार्डपर्वहरु ईद ,हरिराय जस्तै यो चाइनिज नयाँ वर्षमा पनि कामदारहरूलाई बिदा दिइएको छ।

सधैँ भरि डिउटी गरिरहदा मन भारी हुनु,गलेर फतक्क हुनु,डिउटी पछि लखतरण न्याउरो नुनखाएको कुखुरा झैँ झोक्राउदै कोठा फर्कनु परदेशको दैनिकी हो।

यसलाई स्वाभाविक स्वीकार गर्ने पर्छ जति सुकै टेवल जब गरे पनि मानसिक रूपमा थकित भएकै हुन्छ।जिम्मेवारको बोधले पिरोलीरहेको हुन्छ,भत्तभत्ती पोलीरहेको हुन्छ शाररिक काम गर्नेको त कुरै छाडो‌ैँ कति कठिन हुन्छ कति गल्छन ती फिल्डमा काम गर्ने कामदार हरूलाई मात्र थाहाँ हुन्छ।

लाग्छ मानव शरीर पनि रोवर्ट भन्दा कम छैन,अझ विशेष गरी नेपाली हरेक काम मा कहिल्यैँ सक्दिन जान्दिन भन्दैनन् जस्तो जोखिम पूर्ण काम गर्न पनि आँट साहस गर्छन्, जसो गर्‍यो उसै चल्छ यहाँ साथीभाईहरुले रोवर्ट सँग काम गर्ने हुँदा रोवर्ड भन्दा ज्यादा कम लाग्दैन मलाई।

प्रसङ्ग छुट्टीमा नै जोडोैँ आज भने सबैको अनुहारमा फरक रङ्गहरू देखिएको छ नैराश्यता र थकानको बादल हटी खुसीयालीको चमक देखिएको छ।

तछाड,मछाड गर्दै बसमा होहल्ला गर्दै साथीहरू चढ्दै छन् साथै म पनि चढे,अब छुट्टीमा कहाँ जाने पुरै य‍ोजना सुनाउन थाले म चुपचाप सुनिरहे।

कतिले ससुराली जाने सल्लाह गर्न थाले,कतिले फुटबलको तयारी भइरहेको कुरा त कतिले घुमघाम गर्ने फ्रेस हुने कुरा गर्दै गए अनि केही साथी हरू छम्मा भेट्न जाने केही चैँ दारु षड्काउने कोठामा पल्टिने मस्त आराम गर्ने यस्तै मजाग कुरा गर्न थाले।न भन्दै यस्ता गफ गर्दा गर्दै हामी कोठा अाईपुग्योैँ बस् कोठा अगाडी रोकियो होहल्ला गर्दै सबै झरे,लाग्यो हामी सबै बन्दिहरु होैँ बल्ल जेलबाट छुटेर अायोैँ अर्ताथ केही दिनको लागि तारेख मा छुटेका होैँ पुरै स्वतन्त्रता महसुस भयो।

होस्टलमा अाईपुग्दा साथीहरूको हातमा दारुको बोतल देखि सकेको थियो मानोैँ दारु पिउनेहरुका लागि दारु प्यास मेटाउने चिसो पानी नै ठान्छन् कमसेकम युनिफर्म त चेन्ज गर्नु अहँ सिधै दारुका बोलत बोकेर चउरमा बसेका छन्,।

म लगायत केही साथीहरू पनि एक छिन हावाँ खाने निर्णयमा पुग्योै अनि त्यो रमझम नियाल्न खुब मन लाग्यो एक छिन बसोैँ भन्ने सल्लाह भयो।शीतल खोज्दै अापँको फेदमुनि बस्न गयोैँ बडो शीतल भयो केही साथीहरू हामी पुग्नु भन्दा अगाडी त्यहाँ अड्डा जमाएर बसिसकेका थिए,।

सकारात्मक सोच्ने देशप्रति चिन्ता गर्ने युवाजमात सरकार बनेको विषयलाई लिएर चर्चा गरिरहेका थिए,धेरै अनविज्ञ थिए को बन्यो प्रधानमन्त्री? कुन पाटीको बन्यो?यस्तै कुराले अाँपको फेदमुनि स्थान पाइरहेको थियो ।

मैले आफ्ना तर्क केही राखिन उनीहरू भन्दै थिए पाँच वर्षमा कायापलट भयो भने यसरी यहाँ किन बस्नु आफ्नै देशमा गइन्छ एउटा काम गरिन्छ बसिन्छ।यी केही बुद्धिजीवी वर्गका व्यक्ति हुन जसले न दारु पिउँछन् न छम्मा तिर ध्यान दिन्छन् उनीहरू म जस्तै छन् त्यसैले बेलाबखत हाम्रो निकटता पनि बढ्छ।

यो अाँपको रुख दुई तिर रोडको बिचमा छ चिल्लो सडक टलक्क टल्किरहेका छन्,चार्डपर्वले गर्दा रोडहरू शान्त छन् जबजब रोडमा लुखुरलुखुर हिँडेका मान्छे देखिन्छन् ती नेपाली हुन भनेर टाढैबाट नजरअन्दाज गर्न सकिन्छ।

केटा त केटा भईगए नेपाली चेलिबेटीहरु पनि फाटफुट्ट छोटा लगाएर शरीरमा खोपेका ट्याटु देखाउँदै हिँडेका छन्,केटाहरू सुईसुई पार्दै तिनलाई जिस्क्याउन तल्लीन छन् अनि चेलिबेटीहरु मुख छाड्दै ढिङ्ग हल्लाउदै फन्केर हेर्दै दोैडिन्छन।

एक छिन फ्रेस भएर शीतल हावाँले शरीर केही शीतल भएपछि हामी कोठा गयोैँ कोठा पुग्दा साथीहरू नुहाउन बाथरूम छिरेका थिए अनि अरू साथीहरू लाइनमा बसेर हैन के गर्दै छस् हँ? बाथरुम छिरेको घण्टोैँ भईसक्यो त भन्दै ढकढक बाथरुमको ढोका हान्दै हल्ला गरिरहेका थिए। कोही सपिँङ्ग गर्न भनी मिनी मार्केट तिर लागेका थिए। घाम डुब्दै गर्दा दिन गधुलीमा ढल्कदै गर्दा साँझ झमक्क पर्न थालीसकेको थियो म रुममा एक्लै थिए।बाहिर रोड छेउको चउरमा डिल छ त्यहाँ टन्नै मान्छेहरू होहल्ला गरिरहेको सुनेँ।

को रहेछ भनेर झ्याल बाट चाहिएँ । छोटा छोटा स्कट लगाएका केटीहरू हिल्लिदै बियर पिईरहेका देखेँ। हातमा गितार बोकेका तिनीहरू आफ्नै पारामा गीत गाईरहेका थिए। यहाँ भन्दा केही पर लेडी होस्टेल छ त्यहाँ धेरै वटा देशका लेडीहरु बस्छन् ।मैले सोचे। काम गर्ने केटीहरूले टाइमपास गरेको हुनुपर्छ।मेरो अनुमान केही छिनमै सत्य साबित भयो।

बाहिर खुल्ला अाकाशमुनी अपरिचित ठाउँमा यसरी रुमल्लिएका देख्दा कस्तो छाडाँ होलान् यस्तै कुराहरू मनमा खेलिरह्यो। ढोका खोलेर बाहिर निस्किएँ । बाटोमा सपिँङ्ग गरेर आउने जाने थुप्रै साथिभाईहरु ओहोर-दोहोर गरिरहेको थिए।

मैले त्यो बसिरहेको थुप्रो तिर आँखा डुलाए। ती युवतीहरू कसैको प्रवाह नगरी बियर पिउँदै हल्ला गरिरहेका थिए। म अचम्ममा परेँ। फेरि ढोका लगाएर कोठा भित्र पसेँ। केही छिन पछि सपिँङ्ग गएका साथीहरू फर्किए। कोही खाना पकाउन लागे कोही बसेर फेसबुक चलाउन व्यस्त भए। म संस्मरण लेख्न ब्यस्थ भए।

सपिँङ्ग बाट फर्किएका साथीहरूले सुनाउँन थाले हेर नेपाली केटीहरूको हालत बाहिर बसेर बियर पिईरहेका छन् कस्ता बिग्रेका हुन् सबै साथीहरू त्यो देखेर रिसाएँ तर सबै चेलिबेटी त्यस्ता छैनन् र सबै केटाहरू पनि त्यस्ता छैनन् भन्नेमा म ढुक्क छु।।

मेरो मथिङगलमा कुरा खेल्ल थाल्यो सोच्न थाले परदेशमा दिनदिनै मान्छेहरू विभिन्न समस्यामा परिरहेका कुरा नसुनेका कमै होला यी सबै घटनाहरू केहिँ जानेर त केही अञ्जानमा भएको छ। थाहा हुँदाहुँदै पनि गल्ती गर्न छाड्द‌ैनन् हाम्रो साथी र चेलिवेटीहरुको सानातिना कमिकमजोरीहरु धेरै छन्। त्यसैले पिटिन्छन लुटीन्छन् र मारिन्छन् सतर्क आफैँ हुनु पर्छ तर त्यता तिर कसैको ध्यान छैन।

केही छिन पछि केटाहरूको ग्याँग हल्लिदै तल्तीर बाट निस्कियोँ । हामी ठिक पार्छौ यस्ता केटिहरुलाई खुब अाफुँ चाहिँ चोखोँ छु दारु बाट टाढैँ छु जस्तो गरी कुर्लन थाले। केटाहरूले पनि पिएको हो भन्ने प्रस्ट हुन्थ्थो। तर ती केटीहरू नटेरी आफ्नै संसारमा हराइरहेका थिए। खासै नेपालीहरू सँग बोल्न नमान्ने र अरू देशका भए मस्किएरैँ बोल्ने आरोप पहिल्य देखि केही साथीहरूले लगाउँदै आएका थिए। दुई पक्ष नै अनियन्त्रित अवस्थामा छर्लङ्ग देख्न सकिन्थ्यो।

केही लोकल स्थानीय आएर हल्ला नगर्न आग्रह गर्दे मोटरसाइकलमा हुईकिएका थिए तर कुनै प्रतिक्रिया दिएनन् अझ बढ्ता हल्ला मञ्चाउन थाले।
उनीहरू कुनै पनि हालतमा मान्न तयार थिएनन् म कहाँ छु? म को हुँ ?भोलि के हुन्छ?कुनै फिक्कर थिएन मात्र मस्त विन्दासमा रमाउन चाहन्थे!

यो पुरै दृश्य देखेर म रमिता हेरिरहे। त्यतिखेरै हुँईया कालो कार आईपुग्यो। टक्क ढोका खोलेर भुँइमा ओर्लियो। कालो कपडा लगाएका उनीहरू लम्बा चौडा अनुहार परेका पुलिस जस्ता देखिन्थे। केही छिन शान्त भए केहीलाई गाडीमा कोचेँ जस्तो लाग्यो अरू आफ्नै कोठा सकिनसकि फर्किए,कार हुईकियोअंधेरी रात सँगै तिनीहरू हेर्दाहेर्दै ओझेलमा परे।

यस्ता अप्रिय दृश्यहरू वरिपरि देखिरहन्छन।यहाँ जति दुख भए पनि केही मान्छेहरू मस्तीकै लागि परदेश आएको आफूलाई अपुग केही नभएको भुक्का गफ पनि दिन पछि पर्दैनन् जब उनीहरू भोड्काको सहायता लिन्छन्।मान्छेपिच्छे कतिलाई यो परदेश जेलसरह लाग्छ भने कतिलाई स्वतन्त्रताको छुट्टै संसार ।

घरमा बढीले कुचोले झटारो हान्थी यहाँ कसले के गर्ने भन्दै चियर्समा जमेका छन्,अलिअलि रमरमले भेट्दै गए पछि अझै उत्तेजित कुरा गर्दै जान्छन् अब उस्तै परे साथीभाइ चिन्दैनन् झ्यापको लिमिट क्रस भएपछि अब कोठा पुग्न सक्दैनन् त्यतै पल्टिरहेको दृश्य देख्न पाइन्छ।

उत्ता नेपालमा भ्यालेन्टाईनको चर्चा भईरहदा यता पनि केही शोखिन्दार जोडीहरूले पायक पर्ने भित्ताहरू,रुखको फेदमुनि गजबले मनाइरहेको देखिन्छ।खुलामखुला प्यार गर्दै हिँडेका छन्,उत्ता घरबाट श्रीमती छोराछोरीको कल आउँदा समेत व्यस्त छु भन्दै टारिरहेका छन्।हेर्दा केटा केटी उस्तै उमेर खाईसकेका पारिवारिक परिवन्धमा बाधिईसकेका देखिन्छन् तर के भन्नु भर्खर जवानी चढेका टिनयजर्र झैँ लपक्क टासिदैँ हिड्छन।

अनि छेउतिरको सडकमा कति ईमान्दार चालक हरू देखिन्छन् नियमलाई स-सम्मान पालना गर्छन् अगाडी ट्राफिक लाइन छ गाडीहरू केही छैन ।सुनसान सडकमा एउटा कार आयो रातो बत्ती बल्यो टक्क अडियो म हेरेको हेरै भए,अनि नेपाल सम्झिएँ ।हाम्रो देशका चालकहरू ट्राफिकलाई विचबाटोमा लडाएर टाप दिन्छन् तर यहाँ गाडी नहुँदा सडक खाली हुँदा समेत नियम पालना गरी ट्राफिक बत्ती ट्राफिक नियमलाई पालना गरी हिड्छन।

कहिले होला यस्तो सफा सडक अनि यस्ता नियम कहिले पालना होला नागरिकहरू लाई यसरी खुसी कसरी राख्ला? भर्खर सरकार परिवर्तन भयो हुन् त पटक पटक परिवर्तन भइरहन्छ तर जनताको जिवनस्थर बर्षोै देखि नाजुक छ यसरी खाँडीमा आएर देश सम्झने युवापुस्तालाई कसरी स्वदेश फर्काउला र गरिखाने वातावरणको सिर्जना गर्ला?अनि यो बन्दी जीवनले छुटकारा पाउँला ?