एसइई नतिजाको बेहाल: एकै विद्यार्थीको दुई दिनमा दुई मार्कसिट ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

एसइई नतिजाको बेहाल: एकै विद्यार्थीको दुई दिनमा दुई मार्कसिट !



माध्यमिक शिक्षा परिक्षा कक्षा १० एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय पनिकाले शनिबार प्रकाशित गरेको नतिजामा आईतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ ।

पनिकाले तोकेको वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिवार प्राप्त गरेको जिपिए आईतबार बढेको हो ।

जिपिए बढेपछि विद्यार्थी, अभिभावक, शिक्षक अन्योलमा परेका छन् ।

कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

अधिकांशको जिपिए बढ्यो

आइतबार प्रायः विद्यार्थीको जिपिए बढेको छ । सुकेधारास्थित बागमती बोर्डिङ माध्यमिक विद्यालयका प्रिन्सिपल श्यामदत्त अधिकारीले आफ्नो विद्यालयका लगभग सबै विद्यार्थीको जिपिए बढेको बताए । ‘केही साँच्चै राम्रा विद्यार्थीको अप्रत्याशित नतिजाले हामी आश्चर्यमा परेका थियौँ । शनिबार जिपिए ३.८ आउनेको आइतबार ३.९ आएको छ,’ उनले भने । जिम्मेवार निकायबाट धेरै लापरबाही हुँदा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर परेको उनले बताए ।