'पण्डित बाजेको लौरी' लिएर आउदै दाङका थम्मन ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘पण्डित बाजेको लौरी’ लिएर आउदै दाङका थम्मन !



दिपक घिमिरे

मनोरन्जनको क्षेत्रमा निक्कै लामो समय देखी लागीपरेको एउटा दङ्गाली ब्यक्तीको नाम हो थम्मन भण्डारी ।
कहिले राष्ट्रीयस्तरका कलाकारलाई दाङमा लिएर सांगितिक माहोल तताउने त कहिले विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गरेर केन्द्रमा दाङलाई चिनाउने अभियानमा लाग्नुभएका थम्मनले यो पटक ठूलो लगानीमा फिल्म निर्माण गर्दै हुनुहुन्छ ।

देशकै चर्चित मण्डला थियटरका ख्याती प्राप्त कलाकारहरु लाई लिएर निर्माण हुँदै गरेको फिल्म पण्डित बाजेको लौरी ले सामाजिक रहनसहन लाई चित्रण गर्ने निर्माता थम्मन भण्डारी ले बताउनु भयो । “ एउटै समाजमा बस्ने ब्राह्मण समुदाय अनि त्यही समुदायमा बस्ने दलित समुदाय बिचको कथामा आधारित छ यो पण्डित बाजेको लौरी । यसले जात भातलाई पर सार्दै सामाजिक मेलमिलाप कायम गर्न मद्दत गर्ने आशा लिएको छु । “

नाट्य बिधामा अग्रस्थानमा रहेको मण्डला थियटरका कलाकारहरु प्रबिन खतिवडा , बिजय बराल , भोलाराज सापकोटा , सन्ध्या केसी , मरिस्का पोख्रेल , अनि दङाली कलाकार कमल गाउले लगायतका ख्याती प्राप्त कलाकार रहेको फिल्म पण्डित बाजेको लौरीको कुल लागत दुई करोड सम्म पुग्ने निर्माता थम्मन ले बताउनु भयो । “ यो एउटा ठूलो लगानीको फिल्म हो । सम्भवत हास्य बिधा लाई पकडेर सामाजिक कथा बस्तुमा यति धेरै लगानी गर्ने पहिलो फिल्म पनि हुन सक्छ । “ निर्माता थम्मनले बताउनु भयो । उहाले फिल्म बारे थप्दै भन्नू भयो “ हामी यो फिल्म लाई स्वर्गद्वारी क्षेत्रमा सुटिङ गर्ने छौ । मन्दिर परिसर भित्र गरियको छायाङ्कनले पर्यटन पर्वर्धनमा टेवा पुग्ने आशा लिएको छु । अनि रोल्पा , दाङ , प्युठान लगायत काठमाण्डौ क्षेत्रमा पनि छायाङ्कन गरिने छ । “

दाङमा रहदा इभेन्ट म्यानेज्मेन्टको कम्पनी पेज थ्री इन्टरटेनमेन्ट सँग आबद्ध थम्मन काठमान्डौको बसाई सँगै फिल्न क्षेत्र तिर आकर्षित भएको बताउनु हुन्छ । “ दाङको बसाईमा पेज थ्री सँग आबद्ध भएर मिस दाङ , फेस्टिभ फेसन नाईट लगायतका धेरै कार्यक्रम गरियो । पेज थ्री इन्तरटेनमेन्टको सस्थापक निर्देशक भएको नाताले फिल्म क्षेत्र सम्बन्धी सामान्य बुझ्न सजिलो पनि भयो । अहिले क्यारियर बनाउन काठमाण्डौ बसाईको दौरान फिल्म क्षेत्रमा हात हालेको छु । यो मेरो पहिलो फिल्म हो , लगत्तै अर्को फिल्म बनाउने छु । “ निर्माता थम्मनले बताउनु भयो ।

महेश दवाडीको कथा रहेको फिल्म पण्डित बाजेको लौरी लाई दङाली निर्देशक दीपक ओलीले निर्देशन गर्नेछन भने कार्यकारी निर्मातामा किशोर खडका रहेका छन । अदृथ फिल्मसको ब्यानरमा निर्माण हुँदै गरेको पन्डित बाजेको लौरी आगामी बैशाख भित्र रिलिज हुने निर्माता थम्मनले बताउनु भयो ।