अष्ट्रेलियामै पहिलोचोटी पञ्चेबाजा साँझ हुने - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

अष्ट्रेलियामै पहिलोचोटी पञ्चेबाजा साँझ हुने



अष्ट्रेलिया

सिड्नीमै पहिलो पल्ट नेपाली पञ्चेबाजा साँझ हुने भएको छ । डिसेम्बर १६ तारिखका दिन सिड्नीमा धुमधामकासाथ पन्चे बाजामा नाच्ने प्रबन्ध भने बीएमएस फिल्म्सले गरेको हो ।

सिड्नीको रक्डेलस्थिथ रेड क्याप्सिकम लाउन्जमा हुन गइरहेको सान्स्कृतिक साँझको मुख्य आकर्षक चर्चित गायक वसन्त थापा हुनेछन । गायक थापाका नजाउ है सानु पँधेरीमा,डाँडै फुर्के सल्लो,मायालु को सहरमा मेरो गाँउमा घर छ लगाएतका थुप्रै गीत छन् ।

पञ्चेबाजा किंगको रूपमा चिनिने थापालाई साथदिन अर्की चर्चित गायिका डोमा शेर्पा पनि आउँदै छन् । कार्यक्रममा शालु गौतम, पवित्रा न्यौपाने र स्टालिन बोहोराको डान्सले पनि इभेन्टको रौनक बढाउने अपेक्षा गरिएको छ । उक्त साँझलाई सिड्नीकै अर्का गायक दिल तमाङले पनि साथ दिने छन् ।

यस स्टडी अस्ट्रेलियाले प्रायोजन गरेको कार्यक्रमको सिड्नीमा व्यापक चर्चा रहेको छ भने उक्त कार्यक्रमलाई सञ्चलान भने श्रेया राईले गर्दै छन् ।