पहिलो खेलमै पानामाको लज्जास्पद हार, बेल्जियम ३–० ले विजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पहिलो खेलमै पानामाको लज्जास्पद हार, बेल्जियम ३–० ले विजयी



विश्वकप फुटबलमा पहिलो पटक सहभागीता जनाएको पानामा बेल्जियमसँग निरिह बनेको छ । खेलको पहिलो हाफमा गोल गर्न नदिएपनि दोश्रोहाफमा पानामा थप दवावमा प¥यो । दोश्रोहाफको दोश्रो मिनेटमै मेर्टेन्सले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए ।

त्यसपछि पानामाले थप लय गुमाउँदा बेल्जियमका लुकाकु चम्किए । उनले ६९ औं मिनेटमा लुकाकुले क्रसबललाई उत्कृष्ट हेडमार्फत पोष्टमा प्रहार गरे । यस्तै ७५ मिनेटमा पाएको खुल्ला र सुन्दर अवसरलाई पनि खेर जान दिएनन्, गोलमा परिणत गरे ।

फिफा बरियतामा तेश्रो स्थानमा रहेको बेल्जियमले ५५ औं स्थानमा रहेको पानामाको पोस्टमा निरन्तर प्रहार ग¥यो । समूह जी मा रहेका यी टोलीको खेल रुसको सोचीमा चलिरहेको छ ।

बेल्जियमको यो विश्वकपमा १३ औँ सहभागिता हो । उसले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो ।

विश्वकपमा समूह चरणका पछिल्ला ९ खेलमा बेल्जियम अपराजित थियो । त्यसमा पनि पछिल्ला चार खेलमा त उसले जित निकालेको छ । उसले पछिल्ला सात विश्वकपमा ६ पटक कम्तिमा अन्तिम १६ मा स्थान बनाएको छ । सन् १९९८ मा भने उ समूह चरणबाटै बाहिरिएको थियो ।
पछिल्ला ९ विश्वकप मध्ये उसले आफ्नो पहिलो खेलमा एक पटक मात्रै हार बेहोरेको छ, सन् १९८६ मा मेक्सिकोसँग ।

विश्वकप छनौटको क्रममा अपराजित रहने युरोपका चार देशमध्ये बेल्जियम पनि एक हो । यस्तै इंग्ल्याण्ड, जर्मनी र स्पेन पनि अपराजित थिए ।