२०७५ जेष्ठ ६, आइतवार

पर्यटकको आकर्षणको केन्द्र बन्दै पाल्पाको मूल ढोका

November 17, 2017
103 Views
Spread the love

पाल्पा : तानसेनस्थित शीतलपाटीमा रहेको राणकालीन मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत कला र कौशल प्रयोग गरी निर्माण गरिएको मूल ढोकाप्रति तानसेन घुम्न आउने पर्यटक आकर्षित हुन्छन् । तस्बिर खिच्नेको भीड लाग्ने यो ढोका सबैलाई लागि हेर्न लायक सम्पदा बनेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको चासोका साथ मूल ढोका अवलोकन र तस्बिर लिनकै लागि अहिले यहाँ निकै चहलपहल बढेको स्थानीय बासिन्दा तीर्थप्रसाद गौतमले बताउनुभयो ।
काष्ठकलाका भरपूर नमूना रहेको सो ढोका हेर्नका लागि दैनिक एक सयदेखि पाँच सयसम्म पर्यटक आउने गर्दछन् । यो मूल ढोका दक्षिण एसियाकै ठूलो काठकोे ढोका रहेको पाल्पालीको दाबी छ । तात्कालिन प्रधानमन्त्री जंगबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा विसं १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएको बताइन्छ । सुरक्षा नीतिअनुसार नै दरबार क्षेत्रमा ढोका बनाएको हुनसक्छ ।

अहिले सो ढोकाभित्र पाल्पा दरबार संग्रहालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, अनुसन्धान कार्यालय र विद्युत् प्राधिकरण छन् । पुराना बस्तुको अवलोकन गर्ने परिपाटीको विकास भएकाले पाल्पाका रानीमहल, मूल ढोका, भैरवमन्दिर र करुवा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको होटल व्यवसायी बताउछन् ।

ढोकाको संरक्षण वा पुनः निर्माणमा ध्यान पुग्न नसक्दा जीर्ण भई भत्कनसक्ने खतरा छ । पाल्पामा ऐतिहासिक सम्पदा रहेपनि त्यसको संरक्षण हुननसक्दा पाल्पा ओझेलमा परेको होटल व्यवसायी जीवलाल सुवेदीले बताउनुभयो । पर्यटकीय महत्वको ढोका संरक्षण गर्नुआवश्यक भएपनि खासै पहल हुननसकेको होटल उहाँको गुनासो थियो ।

विसं।२०६२ माघ १८ गने तत्कालीन माओवादीको पाल्पा दरबार आक्रमणमा मूल ढोकासमेत जलेको थियो । टालटुल गरेर निर्माण गरिएको मूलढोकालाई तानसेन गुठीले रंगरोगन गरेर ढोकाको ऐतिहासिक महत्वबारे जानकारी समेटिएको बोर्ड राखेका कारण यसको महत्व झनै बढेको हो ।

Facebook Comments

You may be interested

गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारमा सिन्डिकेट लगाउने ४८ व्यवसायी पक्राउ
प्रवास
0 shares6 views
प्रवास
0 shares6 views

गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारमा सिन्डिकेट लगाउने ४८ व्यवसायी पक्राउ

himal post - २०७५, ६ जेष्ठ २१:०३

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा प्रहरीले आइतबार काठमाडौँका विभिन्न ठाउँबाट वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरूको स्वास्थ्य…

सन्दीपले कमाल देखाए, अन्तिम खेल पनि दिल्लीलाई जिताए !
खेलकुद
0 shares13 views
खेलकुद
0 shares13 views

सन्दीपले कमाल देखाए, अन्तिम खेल पनि दिल्लीलाई जिताए !

himal post - २०७५, ६ जेष्ठ २०:३२

दिल्लीको घरेलु मैदानमा भएको आइपिएल क्रिकेट अन्तर्गतको ५५औं खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सनसनी मच्चाएका छन्। चार ओभर…

आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए !
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए !

himal post - २०७५, ६ जेष्ठ १९:३३

नयाँ दिल्ली– सन्दिप लामिछानेले आईपीएलमा मुम्बई इन्डियन्सबिरुद्ध कमालको खेल प्रदर्शन गर्दै छन् ।  ओपनिङ्ग बलिङ्ग गर्न आएका सन्दिप लामिछानेले पहिलो ओभरमै…