कालीगण्डकी नदीमा एक मलामी बेपत्ता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कालीगण्डकी नदीमा एक मलामी बेपत्ता



पाल्पा : स्थानीय राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक मलामी बेपत्ता भएका छन् ।

पाल्पा जिल्ला बगनासकाली गाउँपालिका-२ पोखराथोकका २६ वर्षका हरिबहादुर गाहा बेपता भएका हुन् ।

हजुरआमाको मलामी जानुभएका गाहा नदीको किनारामा कपडा र मोबाइल राखेर नुहाउने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवोधकिशोर ओझाले बताए ।

स्थानीय राम्दी प्रहरी चौकीका प्रहरीले अहिले नदी आसपासको क्षेत्रमा गाहाको खोजी कार्य भइरहेको जनाएको छ ।