पाल्पामा एलआइसीको ४३ औं शाखा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पाल्पामा एलआइसीको ४३ औं शाखा



पाल्पा, ९ भदौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले जिल्लाको तानसेनमा आफ्नो ४३ औं शाखा आइतबार उद्घाटन गरेको छ । एलआइसीका सहायक महाप्रबन्धक (डिजिएम) सुधीर सागरले विधिवत् पूजाआजा गरी रिबन काटेर उद्घाटन गरेका हुन् ।

उनले मुलुकका सबै जिल्लामा शाखा पु¥याउने लक्ष्य भए पनि छिट्टै ५० पुग्ने बताए । उनले जनतामा विश्वास पैदा गर्न र कारोबार गर्नेहरूले रुचाएको बिमा कम्पनीका रूपमा दर्ज पाएको बताए ।

‘मुलुकका सबै नागरिकलाई मनपर्ने बिमा कम्पनीका रूपमा परिचित गराउन चाहन्छौं’ उनले भने । लाइफ इन्स्योरेन्स कम्पनी भारतसँगको सहकार्य भएपनि नेपालभित्र कमाउने नाफा एक रूपैया“ पनि भारत नलगेको उनले बताए ।

बजार व्यवस्थापक स्मृतिराज क“डेलले सन् २००२ सालदेखि नै बिमासँग आवद्धता भएपनि ढिला गरेर शाखा खुलेको बताए ।

उनले सकेसम्म छिटो खोल्ने योजना भएपनि विभिन्न बाध्यता र कारणवश खुल्न नसकेको बताए । शाखा प्रबन्धक विशाल बास्तोलाले शाखाका रूपमा विकास भएपछि आगामी दिनमा जनताको मन जित्ने कार्यक्रम आउने बताए ।

४ सय ३० बिमित व्यक्ति रहेको बताउ“दै अभिकर्ता हरिओम सिंहले अब झन् जनताको माया र ममता पाउनेमा आफू ढुक्क रहेको बताए ।

‘जनताले विश्वास गरेका छन्,’ उनले भने, ‘यही विश्वासलाई कायम राख्दै अगाडि बढ्नु पर्छ ।’ कार्यक्रममा एजेन्सी मेनेजर छवि पौडेलले बिमा कम्पनीका विषयमा जानकारी गराउ“दै भविष्यमा जिल्लामै उत्कृष्ट शाखाका रूपमा लग्नुपर्ने बताए ।