कहिल्यै सुध्रिएन पाल्पा जिल्ला अस्पताल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कहिल्यै सुध्रिएन पाल्पा जिल्ला अस्पताल



पाल्पा । जिल्ला सरकारी अस्पतालको सेवा र गुणस्तर सुधारका लागि विभिन्न प्रयास भए पनि कहिल्यै सुध्रिन सकेको छैन । यहाँको सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न पहल पनि भए । तर यहाँ काम गर्ने कर्मचारी र डाक्टरहरूको लापरवाहीले यसलाई सुधारमा ल्याउन नसकिएको हो ।

सरकारी तवरबाट चासो कम हुनु र स्थानीय समितिको पनि बेवास्ताले नै अहिले निजी मेडिकल फस्टाउने र सरकारी अस्पतालमा बिरामी नजाने अवस्था आएको छ । सधैभरी औषधिको अभाव र यहाँको व्यवस्थापनले गर्दा नै यहाँको सेवामा गुणस्तरहीन हुँदै गएको छ ।

तानसेनस्थित जिल्ला सरकारी अस्पतालमा सेवा राम्रो भएर बिरामी हुँदा गएँ भन्ने केही भेटिन्छन् । अस्पतालमा डाक्टर धेरै छन् सेवा पनि राम्रो भएछ भन्नेहरू पनि नभएका होइनन् । तर यहाँको अवस्था सुध्रिन भने अझै सकेको छैन । पछिल्लो समय निर्माण भएको फार्मेसीका अगाडि टायर बिच्छ्याइएको छ । तर बिरामी जाँच गर्ने र बिरामी भर्ना गर्ने स्थानमा पुग्दा भने चर्पी गन्हाएर बिरामी हैरान खेप्छन् । बिरामी जाँच गर्ने डाक्टरसमेत हैरानी खेपे पनि खासै बोल्न सक्दैनन् ।

बिरामीले भर्ना भएर बस्ने नसकेर आफै डिस्चार्ज माग्ने अवस्था यहाँ छ । अस्पतालमा पछिल्लो समय लापरवाही बढेको छ । बिहान ९ बजेदेखि सेवा सुरु गर्नुपर्ने अस्पतालमा डाक्टरहरूको आगमन १० बजेमात्र हुन्छ ।

१२ बजे खाना खान जाँदा बिरामीले सास्ती खेप्न बाध्य छन् । ९ बजे सेवा दिन आउने डाक्टरले १२ बजे खाना खान जाने हो तर यहाँ लापरवाही छ । अस्पताल फोहोर र दुर्गन्ध छ । सेवाग्राहीले अहिले पनि ७० प्रकारको औषधि पाएका छैनन् । mयहाँ ७० प्रकारको औषधि पाइन्छ भन्ने बोर्ड नै छैन । औषधि के पाउनु ?’, सेवाग्राही सीता भण्डारीले भनिन् ।

अस्पतालले ४० प्रकारका औषधिको मात्र बोर्ड झुण्ड्याएर राखेको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. उमाशंकर प्रसाद चौधरी र सरकारी अस्पतालका डाक्टर भाष्कार हुमागाईलाई पनि खासै अस्पतालप्रति चासो छैन । अस्पताल वर्र्षौदेखि अस्थायी÷करार र प्रशिक्षार्थी डाक्टरको भरमा थियो ।

अहलिे दुई जना स्थायी डाक्टर रहेका छन् । अहिले अस्पतालमा बिरामी भन्दा एमबिबिएस करारका डाक्टरको भीड छ । चारजना जनरल एमबिबिएस र दुई जना डेन्टल एमबिबिएस छन् । सरकारले स्वास्थ्य सेवालाई सबै जनताको पहुँचमा पु¥याउने नीति लिए पनि जिल्ला तहको अवस्था भने झन् दुरावस्था हुँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका हुन् ।

जिल्ला अस्पतालमा सबै किसिमका सेवा सुविधा नहँुदा विरामी बढी रकम खर्चेर मिसन र लुम्बिनी मेडिकल कलेज जान बाध्य भएका छन् । ‘सरकारी अस्पतालमा दरबन्दी अनुसारको डाक्टर हुनु प¥यो, औषधि पनि पाइनुपर्छ,’ सेवाग्राही भण्डारीले भनिन्, ‘नत्र भने औषधि नै नपाउने भए किन फार्मेसी खोलेका होलान् ।’ सरकारी अस्पताल प्रशिक्षार्थीको भीड लाग्ने थलो बनेको छ । विभिन्न शिक्षण संस्थामा निःशुल्क अध्ययन गरेकाको अनिवार्य दुई वर्षे सेवा गर्ने थलो बनेको छ ।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यलाई झकझक्याउने काम राजनैतिक दल, सभासदहरूको हो । जिल्लाका नेताहरूले सरकारी अस्पतालमा दरबन्दी अनुसारको कर्मचारीको व्यवस्थापन गर्न माग गरेको पाइँदैन । चिकित्सक भए पनि लापरवाहीले जनताले सहुलियत स्वास्थ्य सेवा पाउन सकेका छैनन् । ७० प्रकारका औषधि भन्ने मात्रका हुन् । ४० प्रकार पनि पाइँदैन ।

यहाँ कार्यरत कर्मचारीको जागिर खाने थलोमात्र बनेको छ । १५ वेडको सुविधा भए पनि कोही पनि भर्ना भएर उपचार गर्न चाहँदैन । ‘भर्खर पढेर आएकाहरूसँग सेवा लिन डर लाग्छ,’ सोही अस्पतालमा भर्ना भएका भुवनपोखरीका एक बिरामीले भने, ‘तर पनि अन्यत्र उपचार गर्न पैसा छैन । बाध्यताले यही बसेको छु ।’ अहिले स्वास्थ्य बिमा कार्यक्रम लागु भए पनि औषधि उपचारमा रिफर सेन्टर भएको छ ।

किनभने अस्पतालमा औषधि छैन । फार्मेसी सञ्चालन गरेपनि औषधि ९ सय प्रकारमध्ये १ सय ५० मात्रै छन् । अस्पतालमा युसीजी, ईसीजी जस्ता सुविधा छ । तर प्रचारप्रसार भएको छैन । अस्पतालमा सबै सुविधा नभएपछि बिरामी उपचारका लागि निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता छ । अस्पतालमा प्रदान हुँदै आएको सेवासमेत विना निर्णय फेरिएका छन् । इमर्जेन्सीमा पनि अन कल डाक्टरको व्यवस्था छ ।

तर भनेको समयमा नआउने भए पनि पुरै सेवा सुविधा लिने गर्छन् । इमर्जेन्सीमा हुनुपर्ने औषधि कहिल्यै भेटिँदैन । ‘बिरामी कुरेर बस्दा पनि डाक्टर खाना खान गएको भन्छन् तर आउने समय निकै ढिला भइसक्यो,’ सेवाग्राही देवी रानाले भनिन्, ‘यस्तो कुराउने रहेछन् र पो सरकारी अस्पतालको बारेमा राम्रो सन्देश बाहिर नजाने रहेछ ।’

औषधि खरिद प्रकृयासमेत पारदर्शी छैन । अस्पतालका डाक्टर आफै बुटवल गएर औषधि लिएर आउने गरेका छन् । औषधि डिष्ट्रीव्यूटर्ससँग तीन वटा कोटेशसन माग्ने र सोही अनुसार औषधि ल्याउने गरेको स्रोतले जनायो । साउन यता पटकपटक गरी ५ लाख बढीको औषधि खरिद भए पनि यहाँ कुनै सूचना टाँस गरिएको छैन ।

जिल्ला स्वास्थ्य कार्यालयले यस वर्ष औषधिको टेण्डर नगर्ने भएकाले नगरपालिको अहिलेसम्म गर्न सकेको छैन । अस्पतालमा औषधि अभाव हुन नदिन भन्दै डाक्टर आफैले औषधि खरिद गरेर ल्याउने गरेका हुन् । सरकारी अस्पतालका प्रमुख डा. भाष्कर हुमागाईले पटकपटक गरी ५ लाख बराबरको औषधि खरिद भएको प्रतिक्रिया दिए । अस्पतलामा बिमा कार्यक्रम लागु भए पनि अहिलेसम्म कर्मचारीले प्रोत्साहन भत्ता पाएका छैनन् ।

सम्बन्धित निकायमा दाबी नगर्दा अहिलेसम्म कुनै पनि कर्मचारीले प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालले फार्मेसी सञ्चालन गर्दै आएको छ तर यसको महालेखा परीक्षण (मलेप) गर्न सकेको छैन ।