पल र आँचलको बिहे नहुँदै डिभोर्स ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पल र आँचलको बिहे नहुँदै डिभोर्स ?



काठमाडौं। पछिल्लो समयमा नेपाली चलचित्र जगतमा अनेकन नयाँ अनुहार भित्रिएकाछन् । नयाँ कलाकारहरुले समाचारमा आउन र चर्चित बन्नको लागि पनि जीवनलाई प्रेमको बन्दकीमा लिएर जाकिदिन्छन् ।

यस्तै प्रेमको महाजालमा परेको एउटा जोडि हो आँचल शर्मा र पल शाह । यि दुवै नेपाली चलचित्रको क्षेत्रमा सम्भावित राम्रो कलाकारको सूचिमा पर्छन् । उनीहरुको प्रेम र जीवनले पनि मिडियामा राम्रै चर्चा पाईरहेको छ ।

यि दुई नायक नायिकाबीचको प्रेमलाई लिएर नयाँ नयाँ प्रश्नहरु समेत उठ्न थालेका छन् । केही समय अघि आँचल र पल प्रेममा परेको खबरहरु प्रकाशित भएका थिए ।

आज फेरी आँचल र पलबीचको सम्बन्ध बिग्रीन थालेको सूचना आएको छ । पल शाहले आँचललाई धोका दिएको एक सुत्रले जानकारी दिएको छ । यस कुरालाई आधार मानेर भन्ने हो भने नयाँ वर्षको सूरुवातिमा नै नेपाली कलाकारहरुको प्रेम डिभोर्समा परिणत हुनुलाई यो वर्ष कलाकारहरुको विछोडीत वर्षमा परिणत नहोला भन्न सकिन्न ।

यि दुई कलाकारको बारेमा जे सुकै भनेपनि म यस्तो गीत गाउँछुको सफलता पछि अभिनेता पल शाहको चर्चा चुलिएको हो। नाइ नभन्नु ल चारबाट पलसँगै डेब्यु गरेकी आँचल शर्मा पलसँग केमेस्ट्रि मिलाउँदै पर्दामा छाईरहेकी छन् ।