पाकिस्तानी गृहमन्त्रीलाई गोली हानी मार्ने प्रयास - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पाकिस्तानी गृहमन्त्रीलाई गोली हानी मार्ने प्रयास



काठमाडौं । पाकिस्तानी गृहमन्त्री अहसान इकबाललाई गोली हानी मार्ने प्रयास गरिएको बीबीसीले जनाएको छ । पाकिस्तानी सरकारी अधिकारीका अनुसार एक बन्दुकधारीले इकबालाथि गोली चलाएका थिए । उनी पञ्जाब प्रान्तस्थित नरोवाल गाउँको एक बैठकमा भाग लिन गइरहेका थिए ।

प्रहरीका अनुसार इकबालको पाखुरामा एक गोली लागेको छ । घटनापछि इकबाललाई तुरुन्तै अस्पताल लगिएको छ । उनको स्थिति खतरामुक्त रहेको बताइएको छ ।

गोली चलाउने संदिग्ध व्यक्ति समातिएको छ । हमलाको सबै राजनीतिक दलहरुले आलोचना गरेका छन् । हमलाको उद्देश्यबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । पाकिस्तानमा केही महिनापछि आम चुनाव हुँदैछ ।