पदभार सम्हालेलगत्तै अञ्चल अस्पताल पुगे प्रदेश ७ का मुख्यमन्त्री भट्ट - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पदभार सम्हालेलगत्तै अञ्चल अस्पताल पुगे प्रदेश ७ का मुख्यमन्त्री भट्ट



कैलाली ।। प्रदेश ७ का नवनियुक्त मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार पदभार सम्हालेलगत्तै सेती अञ्चल अस्पतालको अनुगमन गरेका छन् ।

भट्टले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरे । त्यसपछि कर्मचारीलाई निर्देशन दिँदै भट्टले विकासमा पछाडि परेको प्रदेश ७ लाई नमुना प्रदेश बनाउन इमान्दारिताका साथ लाग्न आग्रह गरे ।

त्यसपछि उनी धनगढीस्थित सेती अञ्चल अस्पतालको आकस्मिक अनुगमनमा पुगे । अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको गुनासो आइरहेका बेला मुख्यमन्त्री भट्ट आकस्मिक अनुगमन गरेका हुन् ।

उनले बिरामीलाई अस्पतालले दिने सेवाको प्रभावकारिता, निःशुल्क औषधी पाए नपाएको विषयमा चासो राखेका थिए । अस्पतालका चिकित्सकहरु निजी क्लिनिकहरुमा काम गर्ने र निःशुल्क औषधिसमेत बिरामीले नपाउने गुनासो सुनेकाले अनुगमन गरेको मुख्यमन्त्री भट्टले बताए ।