सुन्तला उत्पादन घटेपछि अर्घाखाँचीका कृषक चिन्तामा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुन्तला उत्पादन घटेपछि अर्घाखाँचीका कृषक चिन्तामा



शोभाखर पन्थी
अर्घाखाँची । सुन्तला खेती बाट मनग्य आम्दानी गर्दै आएका अर्घाखाँचीका कृषक यसबर्ष निराश भएका छन् । सुन्तला उत्पादनमा अस्वभाबिक रुपमा कमि आएपछि यहाँका कृषक चिन्तित भएका हुन् ।

सुन्तलाको फुल असिनाले झारेपछि यो वर्ष जिल्लामा सुन्ताला उत्पादनमा ७० प्रतिशतले कमी आएको छ । चैत महिनामा आएको हावा हुरी सहितको असिना पानीले सुन्तालाको फुलमा ठूलो नोक्सानी पु¥याएको थियो । गत वर्ष पाणिनि गाउँपालिका –१ पणेनामा मात्रै करिव ३ करोडको सुन्तला उत्पादन भएको थियो ।

यो वर्ष सो गाउँमा ६० लाखको मात्र सुन्तला उत्पादन भएको कृषक रेवती पौडेल बताउँछन् । ‘असिनाले फुलमा नोक्सानी गरेपछि यो वर्ष धेरै घाटा लाग्यो’ उनले भने । ‘गत वर्ष करिव पाँच लाखको सुन्ताला बिक्री गरेको थिएँ’ उनले थपे, ‘यो वर्ष डेढ दुइ लाख सम्म भन्दा धेरै हुँदैन ।’ पणेनाको सिम्ले जिल्लाको सबै भन्दा धेरै सुन्तला उत्पादन हुने ठाउँ हो । असिनाले सबै भन्दा धेरै क्षति पणेनामै पु¥याएको थियो ।
यहाँका अधिकांश कृषकहरुले व्यवसायीक रुपमा सुन्तला खेती गर्दै आएका छन् । सुन्तला खेतीबाटै घर व्यवहार चलाउँदै यहाँका कृषकहरुलाई यो वर्ष घरपरिवार चलाउन समेत धौ धौ हुने भएको छ । पणेनाका चिरञ्जिवि पौडेलले वार्षिक १० देखि १२ लाख सम्मको सुन्तला उत्पादन गर्ने गरेको भएपनि यो वर्ष ४ लाखको मात्रै सुन्तता बिक्री गरेको बताए ।

‘अधिकांश फुल असिनाले झा¥यो’ उनले भने, ‘रहेकोमा पनि राम्रो दाना लागेन ।’ पणेना सँगै हंसपुर, पोखराथोक, खिदिम, खन, खनहद, मरेङ, अर्घातोषमा व्यवासायीक रुपमा सुन्ता खेती गरिँदै आइएको छ । हंसपुरका कृषक तुल्सी ठकुरीले यो वर्ष सोँचे अनुसारको आम्दानी लिन नसकेको बताए । गत वर्ष डेढ लाखको हाराहारीमा सुन्तला बिक्री गरेको थिएँ उनले भने, यसपाली २५ हजार रुपैयाँको मात्रै सन्तला उत्पादन भयो ।’

जिल्लामा गत वर्ष २९ करोड ७६ लाखको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जगन्नाथ तिवारीले जानकारी दिए । उनका अनुसार गत वर्ष ५ हजार ४ सय ११ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

जिल्लामा ४ सय ९७ हेक्टर जमिनमा सुन्तला खेती गरिएको उनले बताए । ‘असिनाका कारण सुन्तला उत्पादनमा ठूलो गिरावट आयो’ उनले भने, ‘फुल लाग्ने समयमा आएको असिना पानीले कृषकहरुलाई ठूलो नोक्सानी हुन पुग्यो ।’ गत वर्ष प्रति केजि ५५ रुपैयाँमा बिक्री गरेका कृषकहरुले यो वर्ष ७० रुपैयाँ प्रति केजिका दरले सुन्तला बिक्री गरेको बताउँछन् ।

कृषकहरुले अझै सुन्तता टिपेर भ्याइ नसकेकाले यो वर्षको सबै ठाउँको डाटा आइसकेको छैन’ तिवारी भन्छन्, यो वर्षको उत्पादनको जानकारी लिन अझै केहि दिन लाग्छ ।’ यो वर्ष करिव १२÷१३ करोडको सुन्तला उत्पादन हुन सक्ने अनुमान गरिएको छ ।