प्रधानमन्त्रीले भनेः जवानीमा ठिक, बुढेसकालमा गाह्रो भो ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्रीले भनेः जवानीमा ठिक, बुढेसकालमा गाह्रो भो !



प्रधानमन्त्री केपी शर्मा ओलीले रा–कर्णाली पर्यटन वर्षको उद्दघाटन गरेका छन् ।

कर्णाली प्रदेश सरकारले २०७५ साललाई रारा–कर्णाली पर्यटन वर्ष घोषणा गरेको छ, जसको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्र सरकारका मन्त्रीहरु पनि रारा पुगेका छन् ।

प्रधानमन्त्री ओलीले राराको डिलबाटै देशबासीलाई सम्बोधन गरेका थिए ।

मुगुमा आयोजित पर्यटन वर्षको उद्घाटन कार्यक्रममा उनले रारा एक पटक जार्नै पर्ने ठाउँ भएको बताए । उनले भने, ‘छायाँनाथ हेर्ने हो भने वैशमै जाऊँ, वैशमै ठिक हुने रहेछ । बुढेशकाल लागेपछि गाह्रो हुँदारहेछ ।’

केन्द्र सरकारले आवश्यक सहयोग गर्ने भन्दै प्रधानमन्त्री ओलीले विकासको योजना ल्याउन आग्रह गरे ।

कर्णाली प्रदेश जडिबुटीको प्रदेश भएको भन्दै उनले अर्गानिक प्रदेशका रुपमा विकास गर्नु पर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले सुर्खेतबाट सबै जिल्लामा हवाई सेवा सञ्चालनका लागि काम गर्ने, कर्णाली करिडोर बनाउने र हुम्लालाई छिट्टै मोटरबाटोले जोड्ने बताए ।