अ‍ोलीको तयारी: भ्रष्टचारी कर्मचारीको लागि मन्त्र उच्चारण - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अ‍ोलीको तयारी: भ्रष्टचारी कर्मचारीको लागि मन्त्र उच्चारण



सरकारले निजामति कर्मचारीहरुका लागि आचारसंहिता जारी गर्ने तयारी गरेको छ । सरकारी कर्मचारी अनुशासित र आज्ञाकारी हुनु पर्ने र सरकारले खटाएको ठाउँमा जानुपर्ने प्रधानमन्त्रीले बताएका छन् ।

मन्त्री तथा सचिवहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारीहरुलाई आचारसंहिता जारी गर्ने योजना सुनाएका हुन् ।

इस्लामिक देशमा नवानको समय आएपछि स्पिकरबाट भन्ने र अरुले पढ्ने गरेको स्मरण गर्दै उनले भने, ‘अफिस जाने बित्तिकै म भ्रष्टाचार गर्ने छैन, सहज सुविधायुक्त ढंगले सेवा दिनेछु भनेर बाचन गर्ने र काम थाल्ने प्रारम्भ गर्नु पर्छ कि ?’

अघि भने, ‘अफिस गरेपछि पहिले म भ्रष्टाचार गर्ने छैन भनेर सबैले सुन्ने गरी भन्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले अचार संहितामा समावेश गर्ने बुँदाहरु तयार पार्न मुख्यसचिवलाई निर्देशन नै दिएका छन् । उनले भने, ‘आसन ग्रहण गर्नुअघि नै सेवाग्राहीले सुन्ने गरी ‘म भ्रष्टाचार गर्ने छैन’ भनेपछि स्वाट्टै लिन पनि त गाह्रो होला नि ।’

एक पटक मात्र सपथ ग्रहण गरेपछि बिर्सिने भएकाले हरेक दिन कसम खुलाउनुपर्ने अवस्था आएको प्रधानमन्त्री ओलीले बताए ।