केपी ओलीको घोषणा : नवराज सिलवाललाई गृहमन्त्री बनाउँछु’ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

केपी ओलीको घोषणा : नवराज सिलवाललाई गृहमन्त्री बनाउँछु’



काठमाडौँ ,भदौ ३० ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डिआइजी नवराज सिलवाललाई गृहमन्त्री बनाउने घोषणा गरेका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिलवाललाई एमालेमा ल्याएर गृहमन्त्री बनाउने घोषणा गरेका हुन् । सरकारले सिलवाललाई अन्यायपूर्ण ढंगबाट हटाउन चलखेल गरेको भन्दै ओलीले भने, ‘यस्तो सिस्टम सुधार्न अब तपाई गृहमन्त्री बन्नुपर्छ, त्यसको लागि समय कुरौँ ।’ सर्बोच्च अदालतको फैसलालगत्तै डिआइजी सिलवालले राजीनामा दिइसकेका छन् ।

उनले अब राजनीति गर्ने वा नगर्ने भन्ने विषयमा भने केही बोलेका छैनन् । स्रोतका अनुसार उनलाई भविष्यमा गृहमन्त्री बनाइदिने आश्वासन दिँदै एमाले नेताहरुले सक्रिय रुपमा एमले राजनीतिमा लाग्न आग्रह गरिरहेका छन् ।

आज तराई जादै

ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष ओली आज दिउँसो बर्दिवास जान लागेका छन् । ओलीले शुक्रबारै बर्दिवासमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बर्दिबास नगरपालिकामा एमालेका तर्फबाट सुरेश बहादुर रावत मेयरका उम्मेदवार बनेका छन् । राउत नायिका बर्षा राउतका बुबा हुन् । अन्य दलका प्रमुख नेताहरु दुई नं प्रदेशको चुनावमा खटिरहेका समयमा ओली भने राजधानीमा व्यस्त बनेपनि मौनवधि सुरु हुनुभन्दा केही घण्टा अघि बर्दिवास जान लगेका हुन् ।

बर्दिबास नगरकमिटीका सचिव गुन्जबहादुर खडकाले जिल्ला र प्रदेशसँग सल्लाह गरेर बर्दिबास नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओलीलाई बोलाएको बताए । उनले सभामा १० हजार बढि मानिस उर्ताने तयारी भएको पनि बताए । ओलीबाहेक एमालेका अन्य नेताहरु २ नम्बर चप्रदेशको चुनाव प्रचारमा खटिरहेका छन् । बरिष्ठ नेता माधबकुमार नेपाल, महासचिव ईश्वर पोख्रेल,सचिव योगेश भट्राई, पृथ्वीसुब्बा गुरुङ लगाएतका नेताहरु चुनाव प्रचारप्रसारमा लामो समयदेखि खटिएका छन् ।