फेसबुक र ट्वीटर प्रयोगकर्तालाई ओलीको व्यंग्य ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

फेसबुक र ट्वीटर प्रयोगकर्तालाई ओलीको व्यंग्य !



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन्बन्ध–सुधारका लागि आउँदा ‘केही’ सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक भ्रम फैलाएको भन्दै ‘परिचालित भएको’ आरोप लगाएका छन् ।

मंगलबार काठमाडौँको सभागृहमा एमाले भ्रातृ संगठन युवा संघको २८ औँ स्थापना दिवसको ड्रोनबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, “केही सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । जो एउटैले फरक–फरक खाता खोल्छन् र एकै किसिमको टिप्पणी गर्छन् । जे गरे पनि विरोधैमात्रै गर्छन् ।”

उनले फेसबुक ट्विटरमा भातसमेत नखाइ, अनिदै झुन्डिएको देखेर आफू आश्चर्यमा परेको बताउँदै राम्रा कुराहरू सेयर गर्न कार्यकर्तालाई आग्रहसमेत गरे । “तपाईंहरूका पनि फेसबुक होलान्, ट्विटर होलान्, राम्रा कुराहरू, देशको हितमा हुने कुराहरू सेयर गर्नुहोस् न,” कार्यकर्तालाई उनको आग्रह थियो ।

मोदी दुई दिने राजकीय भ्रमणमा आउँदा सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यापक विरोध जनाएपछि ओली सामाजिक सञ्जाल प्रयोगकर्तासँगसमेत रुष्ट देखिएका हुन् ।