ओलीको काममा विप्लव तगारो बन्ने सङ्केत - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ओलीको काममा विप्लव तगारो बन्ने सङ्केत



काठमाडौं,

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले जनयुद्धको आधा दृश्य अझै बाँकी रहेको र त्यो दृश्य आफुले देखाउने तयारी गरेको बताएका छन् ।

यससंगै दुई तिहाई मतका साथ् सत्तारोहण गरेका प्रधानमन्त्री केपी ओलीको काममा सहजता नहुने संकेत देखिएको छ । विप्लवले खुल्ला रुपमा चुनौती दिंदै भनेका छन् हेर्दै जानुस अब के-के हुन्छ ?

चुनाव बहिष्कारसहित राज्य र मुख्य दलको विपरित धारका रुपमा आफुलाई स्थापित गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति जारी रहेको भन्दै बाँकी खण्ड पुरा गर्ने दावी गरेको छ ।

सो पार्टीका एक प्रभावशाली नेताले विगतमा चलेको १० बर्षे जनयुद्धलाई फिल्मको संज्ञा दिँदै त्यसको आधा भाग रहेको चेतावनी दिए ।