२०७५ असार ९, शनिबार

ओली सवार गाडीमा राखिएको बम निष्क्रिय

June 14, 2018
36 Views
Spread the love
  • 7
    Shares

दमक– झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो ।

दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आएका छन् । नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । उनले सो शंकास्पद वस्तु गाडीमा देखेपछि प्रहरीमा खबर गरेका थिए ।

फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई आज बम डिस्पोजल टोली झिकाएर निष्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

यसअघि पनि ओली निवासमा बम विष्फोट भएको थियो । त्यस्तै, करिब एक महिना अघिमात्र दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा समेत विष्फोटन गराइएको थियो । ती सबै बम विष्फोटनका घटनामा संलग्नताको भने पहिचान हुन सकेको छैन । रासस

Facebook Comments
  • 7
    Shares

You may be interested

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १
खेलकुद
0 shares9 views
खेलकुद
0 shares9 views

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १

himal post - २०७५, ९ असार १८:१७

विश्वकप फुटवलमा अहिले भैरहेको ट्युनिसिया र बेल्जियमको खेलमा सुरुको १८ मिनेटमै तीन गोल भएको छ । समूह जी को यो…

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
समाचार
0 shares13 views
समाचार
0 shares13 views

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र

विशाल पाण्डेय - २०७५, ९ असार १८:१०

गोविन्द बीसी / बौनिया,कैलाली । नेपाली शिक्षकहरुको पेसागत साझा संगठन नेपाल शिक्षक महासंघ बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ । विभिन्न १७…

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी
समाचार
0 shares11 views
समाचार
0 shares11 views

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी

विशाल पाण्डेय - २०७५, ९ असार १७:३९

मंगल बास्कोटे / लम्की ,कैलाली । नेपाल कृषि प्रदान देश भन्ने कुरालाई एउटा भनाईमा मात्र सिमित नगरि प्रभाणीत गरेर देखाउने…