के हुँदै छ देशमा ? ओली र पूर्वराजाका सल्लाहकारबीच गोप्यवार्ता - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

के हुँदै छ देशमा ? ओली र पूर्वराजाका सल्लाहकारबीच गोप्यवार्ता



एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राजा ज्ञानेन्द्र शाहका सल्लाहकारको भूमिकामा रहेका मेजर जनरल भरतकेशर सिंहबीच गोप्यवार्ता भएको छ ।

पूर्व राजा शाहका मानार्थ शाही पाश्ववर्ती रहेका सिंहले शुक्रबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय समितिको हैसियतमा प्रधानमन्त्री ओली सिंह प्रधानमन्त्री निवास बालुवाटार पुगेको बताइएको छ । सिंहसँग महासंघको टोली नै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटमा नेपाल आउन लागेका गोवर्धन मठ पुरीका शंकराचार्यको नेपाल भ्रमणबारे छलफल भएको वालुवाटार स्रोतले जनाएको छ । सो मठका शंकाराचार्य निश्चलानन्द सरस्वती २ जेठमा नेपाल आउने बताइएको छ ।

बालुवाटार पुगेका उनीहरुले शंकराचार्यले नेपाल भ्रमण गर्न लागेको जानकारी गराउँदै प्रधानमन्त्री आलीलाई भ्रमणको उचित प्रबन्धका लागि अनुरोध गरेका थिए । प्रधानमन्त्री ओली र सिंहबीच गोप्य कुराकानीसमेत भएको थियो ।