अन्तत ओली प्रचण्ड भए सहमत -नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाव चिन्ह सूर्य - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अन्तत ओली प्रचण्ड भए सहमत -नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाव चिन्ह सूर्य



१८ असोज, काठमाडौं ।

स्थापनाको ७० वर्षपछि नेपालमा पुनः एउटै कम्युनिस्ट पार्टी बन्ने निश्चित भएपछि पुनर्गठित पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टीनै रहने भएको छ ।

 

एमाले र माओवादीबीच एकीकरणपछि बन्ने पार्टीको नाम नेकपा राख्ने सहमति भएको हो ।

सहमति निर्माणमा सहभागी गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिन्ह सूर्य राख्ने सहमति केपी ओली र प्रचण्डबीच भइसकेको खुलासा गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै शर्माले भने- ‘नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरेर सूर्य चिन्हमा चुनाव लड्ने सहमति भइसकेको हो । तर कानुनी अड्चनका कारण यो चुनाव अगाडि एउटै पार्टी र एउटै चिन्हमा चुनाव लड्न सकिएन ।’

सूर्य चिन्ह जनताको मनमा स्थापित भइसकेको र आम जनता २५ वर्षदेखि सूर्यमै भोट हाल्न अभ्यस्त भइसकेकाले अरु विकल्प नखोजिएको नेताहरुले बताए । माओवादीभित्र यसअघिनै चुनाव चिन्ह फेर्नेबारे बहस भइसकेको थियो ।

चुनाव चिन्ह र पार्टीको नाममा शीर्ष तहमै सहमति भइसकेको एकता वार्ताहरुमा सहभागी एमाले उपमहासचिव बिष्णु पौडेलले स्वीकार गरे । उनले भने- ‘दुवै अध्यक्षबीच सूर्य चिन्हमै चुनाव लड्ने सहमति भएको थियो,तर कानुनी जटिलताले यसपटक सम्भव भएन ।’

एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य रहने भएपछि बाबुराम भट्टराईले सोही चिन्हबाट चुनाव लड्न चाहेको स्रोतले जनाएको छ । सूर्य चिन्हबाटै राजपाका बिद्रोही समूहका नेताहरु पनि चुनाव लड्ने भएका छन् ।

२००६ सालमा पुष्पलाल संस्थापक महासचिव भएर गठन भएको पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टीनै थियो ।

अनलाईन खबरबाट