ओली–प्रचण्डको वार्ता आज पनि: झन जटिल बन्दै एकता ! - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

ओली–प्रचण्डको वार्ता आज पनि: झन जटिल बन्दै एकता !



काठमाडौँ । बिहीबारको ३ घन्टे वार्तामा निष्कर्ष ननिस्केपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार पनि भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा पार्टी एकताको गाँठो फुकाउने प्रयत्न हुने एमाले नेताले जानकारी दिए ।

दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो । छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई महाधिवेशन पछाडि अध्यक्ष सुनिश्चितता गरिदिन आग्रह गरेका थिए ।

एमाले अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाललाईसमेत अध्यक्षमा उठ्न वचन दिएको चाल पाएका प्रचण्डले महाधिवेशनअघि कार्यकारीको भूमिका र महाधिवेशनपछि एकीकृत पार्टीको अध्यक्षको जिम्मेवारी खोजिरहेको स्रोत बताउँछ ।

शुक्रबारको बैठकमा पनि नेतृत्व र केन्द्रीय कमिटीमा दुवै पार्टीको अनुपातको विषयमा छलफल हुने नेताहरूले जानकारी दिएका छन्  ।