२०७४ फाल्गुन ७, सोमवार

ओली-मोदी शिखर वार्ताको तयारी

February 3, 2018
68 Views
Spread the love
  • 9
    Shares

 अन्नपूर्ण पोस्ट विजय कुमारको लेखको अंश :-

नेपालका ‘प्रतिक्षित’ प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको पौने घण्टा लामो ‘वन-अन-वन’ वार्ता को एक उल्लेख्य अंश मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले लिनुपर्ने सावधानी, खानपान र औषधी आदिबारे खर्च भयो । ओली र स्वराज दुवै मिर्गाैला प्रत्यारोपण गरेका बिरामीसमेत भएकाले, त्यो स्वभाविक पनि थियो । स्वास्थ्य चर्चाको यो प्रसंग एमालेले दिएको रात्रिभोजमा पनि केहीबेर दोहोरियो ।

भोजमा सहभागी एक एमाले नेताका अनुसार भारतीय विदेशमन्त्रीको भाषा र भावभंगिमा हेर्दा भारत नयाँ तरिकाबाट नेपालसित सम्बन्ध सुधार्न तयार रहेको बुझ्न सकिन्थ्यो ।

भारतीय विदेशमन्त्री कसको निमन्त्रणमा नेपाल आउनुभएको हो ? भन्ने यो पंक्तिकारको जिज्ञासामा एक वरिष्ठ भारतीय अधिकारीले भने, ‘एक मित्र आफ्नो निकटतम मित्रको घरमा ड्रप बाइ गरेजस्तै हो यो भ्रमण । हामी दुई देशका नेता वा जनतालाई एकअर्काकोमा आउन-जान खास कारण हुनै पर्छ भन्ने छैन । सुष्माजीले भेटघाटको इच्छा व्यक्त गर्नुभयो, नेपाली मित्रहरूले स्वागत गर्नुभयो ।’

के भारत अब नेपालमा आफूले विगतमा गरेका गल्तीहरूको ‘कोर्स करेक्सन’ गर्ने निर्णयमा पुगेको हो त ? ती वरिष्ठ भारतीय अधिकारीले थपे, ‘तपाईं आफ्नो सुविधाका निम्ति चाहेको शब्दावली प्रयोग गर्न सक्नुहुन्छ । हामी नेपालमा अब नयाँ बन्ने सरकारसँग नयाँ तरिकाबाट सम्बन्धको विकास गर्न तयार र खुला छौं भन्ने सन्देश दिन चाहन्छौं ।’

भारतीय विदेशमन्त्रीको अर्को महत्वपूर्ण भेटघाट शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्डसँग रह्यो । प्रचण्ड र भारतबीच विभिन्न कालखण्डमा लभ-हेट रिलेसनसिप रहँदै आएकोमा, अब दुवै पक्ष उतारचढावको ‘रोलर कोस्टर’ सम्बन्धमा बढी परिपक्वताको सम्भावना खोजिरहेको संकेत उच्च कूटनीतिक सूत्रहरूले गरेका छन् ।

कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवासित शिष्टाचार भेट गर्दै विदेशमन्त्री स्वराजले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिइन् । भ्रमणको दौरान मन्त्री स्वराजले मधेसवादी दलका नेताहरूसित सोल्टी होटलमा भेट गरिन् । राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटका निम्ति उनी शीतल निवास पुगिन् ।

भारतीय विदेशमन्त्रीको यो आवागमनले आमनिर्वाचनपछि, जनादेशअनुरूप भारतको नेपाल नीतिमा आउने परिवर्तनको बिजारोपण गरेको छ । यो भ्रमणले ओली-मोदी शिखरवार्ताको पृष्ठभूमि तयार गरेको छ । स्वराजको भ्रमण नेपाल-भारतबीच बदलिँदो कूटनीतिक मौसमको परिचायक हो ।

Facebook Comments
  • 9
    Shares

You may be interested

एमाले र माओवादी केन्द्रबीच एकता, यी हुन  सहमतिका ७ बुँदा
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

एमाले र माओवादी केन्द्रबीच एकता, यी हुन सहमतिका ७ बुँदा

himal post - २०७४, ७ फाल्गुन २३:२३

काठमाडौं, फागुन ७ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको…

शिटिजन लाईफ ईन्सुरेन्सको शाखा बुटवल र भैरहवामा
अर्थ/व्यवसाय
0 shares11 views
अर्थ/व्यवसाय
0 shares11 views

शिटिजन लाईफ ईन्सुरेन्सको शाखा बुटवल र भैरहवामा

Pradeep Acharya - २०७४, ७ फाल्गुन १९:१५

बुटवल । सिटिजन लाईफ इन्सुरेन्स कम्पनीले बुटवल र भैरहवामा मा शाखा बिस्तार गरेको छ । बुटवलको मिलनचोक तथा भैरहवाको बर्मेलिटोल…

एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते
समाचार
0 shares12 views
समाचार
0 shares12 views

एडुकेयरको दोस्रो शैक्षिक मेला फागुन १८ र १९ गते

Pradeep Acharya - २०७४, ७ फाल्गुन १९:११

बुटवल। एडुकेयर इन्टिच्यूट प्रालि बुटवलले रुपन्देहीमा दोश्रो पटक गर्ने शैक्षिक मेलाको तयारी तीब्र पारेको छ । एडुकेयरले गतसाल पनि फागुन…