ओलीलाई यसरी थर्काए माधव नेपालले - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ओलीलाई यसरी थर्काए माधव नेपालले



काठमाडौं, असोज ७ ।

नेकपा एमालेका नेता माधव कुमार नेपालले पार्टीभित्र ओली पक्षले गुटबन्दीले चरम गुटबन्दी गरेको आरोप लगाएका छन् । गुटबन्दीकै संरक्षण गरेका कारण दुई नंं प्रदेशमा हार बेहार्नु परेको र यसको कारक के पी ओली नै भएको बताएका छन् ।

नेकपा एमालेको हिजो शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकमा बोल्दै नेता नेपालले पार्टीभित्र विधि र प्रक्रियाको साटो गुटबाट पार्टी चलाइएको कारण हार बेहोर्नुपरेको बताए ।

उनले भने, “ विधि, प्रक्रिया र मापदण्ड बनाए पनि टिकट वितरणमा गुटका आधारमा धेरै ठाउँमा पक्षपातपूर्ण व्यवहार हुँदा प्रदेश नम्बर २ मा पार्टीले क्षति व्यहोरेको छ । दोस्रो चरणको निर्वाचनमा भएका त्रुटि र कमजोरीबाट शिक्षा लिएर सच्याउने काम गरिएन ।” प्रदेश नं. दुईको निर्वाचनका लागि उम्मेदवारको मनोमनय दर्ता गर्ने क्रममा नेता नेपालकै चुनावी क्षेत्र चन्द्रपुर नगरपालिकामा माधव नेपाल पक्षधर उम्मेदवारको ठाउँमा अन्तिम समयमा आएर ओली समर्थक मेयरलाई प्रस्ताव गरिएको थियो ।

नेता नेपालले अगाडि भने, “ स्थायी समिति बैठक पनि नियमित नबस्ने र गम्भीर छलफल नहुने स्थिति छ । कसैले नेतृत्वसमक्ष व्यक्तिगत कुरा राख्दा पनि गुट परिवर्तन गरेर आए मात्रै लाभको पद पाइने ‘ब्ल्याकमेलिङ’को काम गरिएका छन् ।” नेता नेपालले ओलीको दम्भका कारण माोवादीसँगको सम्बन्ध बिग्रेको भन्दै अहिलेको हारलामा त्यसको पनि मुख्य भूमिका भएको बताए । “एमाले–माओवादीबीचको सत्ता गठबन्धन टुट्नु गल्ती थियो ।

प्रचण्डलाई नेतृत्व दिएर भए पनि हामी ९एमाले० सरकारमै रहनुपथ्र्यो ।” नेपालले भने, “त्यतिवेलाको कमजोरी अहिलेको निर्वाचन परिणामले पनि देखाएको छ ।” नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा पार्टी अध्इक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवेदनमा चुनावी हारको समीक्षाका साथै आगामी रणनीतिबारे समेत चर्चा गरिएको छ । नेता ओलीले अबको निर्वाचनमा भने वामपन्थी शक्ति सँग तालमेल गरेर जानुपर्ने कुरा अगाडि सारेका छन् । यद्यपी माओवादी केन्द्रसँग कुन आधारमा र कसरी तालमेल गर्ने विषयमा भने उनको प्रतिवेदन मौन छ ।