ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई 'अलच्छिना' करार गरेका थिए... - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई ‘अलच्छिना’ करार गरेका थिए…



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको मेची महाकाली जागरण अभियानको क्रममा २०७३ साल फागुन २९मा बुटवलमा एउटा अभिव्यक्ति दिए।

सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आरोपित गर्ने क्रममा उनलाई तथा उनको नेतृत्वको सरकारलाई ओलीले ‘अलच्छिना’ भनेका थिए।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकार भएको बेलामा दिनदिनै सवारी साधन पल्टिएको उदाहरण दिदै ओलीले यो सरकार नै ‘अलच्छिना’ भएको बताएका थिए।

एमाले अध्यक्ष ओलीले सवारी दुर्घटना पनि प्रचण्ड नेतृत्वको सरकारकै कारणले भएको बताएर उनलाई ‘अलच्छिना’ करार गरेका थिए।

एक बर्ष अघी ओलीले बुटवलमा बोलेको सम्झनेहरु अहिले ओली आफै ‘अलच्छिना ‘ हुन की प्रचण्डको पार्टी माओवादी केन्द्रलाई पनि एमालेसँगै सरकारमा ल्याएका कारण ‘अलच्छिना ‘ लागेको अन्यौलमा परेका छन्।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए यता दिनदिनै लगभग सडक दुर्घटना भएकै छन्। सानातिना घटना दुर्घटना पनि भएकै छन्। सोमबार त झन ठूलो हवाई दुर्घटना भयो।

यूएस बंगला विमान काठमाडौंको विमानस्थलमै अवतरणको समयमा दुर्घटनामा पर‍यो। कहालीलाग्दो दुर्घटनामा नेपाली र विदेशी सहित ४९ जनाको निधन भयो। दुर्घटनामा २२ नेपाली, २१ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिकले ज्यान गुमाए।

सोमबारै मात्र दुई गोली प्रहारका घटना भए। घोडाघोडी नगरपालिका कैलालीका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भयो। भैरहवामा एक व्यवसायी हरिष सेठीयामाथि समेत गोली प्रहार भयो। यि सबै घटना अब सरकारको ‘अलच्छिना ‘ नेतृत्वका कारण भएको भन्ने की के भन्ने ? देशका विभिन्न भागमा भएका सडक दुर्घटनालाई ओली सरकारमा आए पछि उनको ‘अलच्छिना ‘ का कारण भएको मान्नु पर्नेकी के भन्ने ?

एमालेका अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री भइसकेका छन्। हिजो एमालेका मात्र अध्यक्ष रहेका उनको बोलीको आज हिसाव किताव हुन थालेको छ। सांसद गगन थापाले संसदमा ओलीलाई सम्झाउँदै भनेका थिए अब प्रत्येक बोलीको हिसाव हुन्छ र जवाफ मागिन्छ। सांसदहरुले संसदमा हिसाव किताव र जवाफ माग्लान तर जनता प्रधानमन्त्री ओलीलाई प्रश्न गरिरहेछन यो घटना दुर्घटना कस्को ‘अलच्छिना ‘ को कारण भयो प्रधानमन्त्रीज्यू ?

की विगतमा सरकारको नेतृत्वको ‘अलच्छिना ‘ को कारण दुर्घटना भएको ओली ‘ थेसीस ‘ लाई आधार बनाएर यो दुर्घटना पनि ओलीको ‘अलच्छिना ‘ कै कारण भएको मान्दा हुन्छ?हाम्राकुराको सहयोग