प्रधानमन्त्रीले लिए घोडाघोडीका मेयरको अवस्था बारे जानकारी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रधानमन्त्रीले लिए घोडाघोडीका मेयरको अवस्था बारे जानकारी



काठमाण्डौं,चैत्र ३, प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् । मेयर चौधरीलाई अपरिचत समूहले गत सोमबार (फागुन २८ गते) घोडाघोडी मै गोली र खुकरी हानेर सख्त घाइते भएका थिए ।

शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओली सहित नेकपा –एमालेका नेताहरूले चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएको हो । चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदिप थापाले प्रधानमन्त्री ओलीलाई जानकारी गराए अनुसार चाौधरीको अवस्था खतरमुक्त छ । प्रधानमन्त्री ओलीले चौधरीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले अस्पतालाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । ‘उपचार खर्च सरकारले व्योहोर्छ’ प्रधानमन्त्री ओलीले भनेका छन् ‘उनको उपचारमा कुनै पनि कसर बाँकी नराखी उपचार गर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानबिन हुने परिवारका सदस्यलाई बताएका छन् । ‘घटनाको छानबिन हुन्छ’ प्रधानमन्त्री ओलीले भनेका छन् ‘दोषीले उम्कन पाउँदैनन् । उनीहरूलाई कानुन अनुसार कारबाही हुन्छ ।’

चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेकपा(एमाले)का नेता सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहाकार विष्णु रिमाल,एमाले केन्द्रीय सदस्य डा.राजन भट्टराई समेत अस्पताल पुगेका थिए ।