ओली ज्यु बिन्ती छ मजाक बन्द गर्नुस ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ओली ज्यु बिन्ती छ मजाक बन्द गर्नुस !



-हरि थापा

सम्माननीय  प्रधानमन्त्रीज्यू..

यति बेला केपी शर्माअोलीज्यू तपाईँ देशको शक्तिशाली कार्यकारी प्रमुखको हैसियतमा हुनुहुन्छ। जनताले ठुलो आशा भरोसा र अपेक्षा गरेर नै बाम गठबन्धनलाई जिताएका हुन।सरकारले यो कहिल्यै भुल्न हुन्न।

यति बेला राजनीतिक अस्थिरता बल्ल अस्ताएको छ अब भने जनताले विकास समृद्धि होलाकी? भन्ने झिनो आस गरिरहेका छन्।तेैपनि दोमनमा छन् नेपाली राजनीतिमा लाजनिती मिसिएको भएरै ठ्याक्कै नजरअन्दाज गरिहाल्न सकिने अवस्था छैन।

देशमा केही भएन,केही गर्न सकिएन राजनीतिक अस्थिरताले बर्बाद बनायो भनेर जीवन भर निराशा बोकेर बाच्नेको जमात पनि उतिकै छ।यो अहिलेको सबैभन्दा ठुलो समस्या हो।नेगेटिभ र निरासपनले नेपाली समाजमा नराम्ररी गाँजाको छ।यहाँ सम्म अाईपुग्दा सबैले फेस गरेका छन् र स्वाभाविक पनि हो।

हुन पनि हो।देश दशक युद्धको भुमरीमै बित्यो जनधनको खरबोैँ क्षतिभयो त्यो हिसाब नराख्दा राम्रो होला।त्यसपछिका दिन संविधान बनाउन मा केन्द्रित भयो विभिन्न वाहनै बहानामा मुस्किले चल्यो त्यो बाहनाहरुको बिचमा कतिको सपना तुहियो,अपुरा भए कतिले संसार छाडे त्यो त गिन्ति गरिसाध्य छैन।

देशलाई राजनीतिले मात्र सखाप पारेन,प्राकृतिक प्रकोप तराईमा बाढी,पहाडमा पहिरो अापति नै अापती अाईलाग्यो यति मात्र हैन भूकम्पले त झन् देश न‌ै तहननहस भयो।

भुकुम्पको भुमरीमा रुमाल्लिरहेका बेला छिमेकीको सहयोगको साट्टो उल्टो लामो नाका बन्दी सहनु पर्‍यो।छटपटी चिरचिरहाटको अवस्थामा अझ भन्दा घाइते अवस्थामा यहाँ आजको दिन सम्म बाचिरहेका छन्।

बिच बिचमा भागबण्डाको खेल चलिरह्यो यो तमासा जनताले राम्रै सँग हेरिरहेका छन्।एउटाले अर्कोको विरोध गर्दै अविश्वासको प्रस्ताव लाज्दै जबरजस्त सरकार बनाउने र ढलाउने अथवा सत्ताको पालो पुर्‍याउने काम भइरह्यो ।

नागरिकले सहनु जति पिडा सहिरहे,भूकम्पको तिन अर्थात् तेस्रो वर्षको दोैडमनमा अाईपुगे चाहे तराईको सितलहरको कुरा गरोैँ अथवा भूकम्प पीडितको पिडा उतिकै छ।जति सुकै अाधीबेरी हावाहुरी को मार खेप्दै खुल्ला आकाश मुनी जीवन बिताएको तितो यथार्थ कायमै छ।

यी सबै राजनीतिक भागबण्डा नमिलेर तछाडमछाडको परिस्थितिमा चलिरह्यो अब त सबै बहाना सकियो।

यति बेला नेपाली जनताले यति धेरै आशा गरेका छन् ।प्रधानमन्त्रीज्यू तपाईँ र तपाईँको सशक्त मन्त्रिमण्डल र केही दिन यत्ता भएका आदेश र मन्त्रीहरूको फिल्ड अनुगमनले साँच्चै केही निराशाको बादल फाटेको छ।

जनतामा उमङ्ग छाएको छ यो बाम अन्तिम विकल्पको रूपमा सोचेका छन् देशको परिस्थिति तपाईँले ऐना जस्तै छर्लङग बुझ्नु भएको छ तपाईँ यी सारा समस्याको एकमुष्ट समाधान गर्न सशक्त लिडरको रूपमा आउनु भएको छ तपाईँको जम्बो मन्त्रिमण्डल टिम निकै आशा लाग्दो छ।

तपाईँको टिम लागि परेका छन् यो अत्यन्तै राम्रो सुरुवात हो साथै जरुर आवश्यकता पनि हो यसको विकल्प छैन तर सुरुवातमा जुन तदारुप्ता देखिएको छ त्यसले निरन्तरता पाईरहोस भन्ने आम जनताको जनभावना पनि हो।

देश भित्र कालो बजारी गर्ने सरकारलाई कर छल्ने अरबोै अरब घोटाला गर्ने देश लुटेर आफू बलियो भन्नेहरू पनि बिस्तारै उदाङ्गिदै छन्।गुन्डा गर्दी दादागिरी र भनसुनले अथवा अपराधमा राजनीतिक सुरक्षाले बलियो भएका ढाडेविरालो हरू सलबलाएका छन् अब तपाईँको आदेश यति बेला चाहिने भएको छ यति बेला तपाईँका टुक्काले काम गर्दैन अाक्रमक ढङ्गबाट प्रस्तुत हुन जरुरी छ। अपराधी ठग र दलालको पत्तासाप गर्न सरकार सशक्त रूपमा अगाडी बढ्नु पर्छ।जसले संरक्षण दिन खोज्छन तिनको पर्दाफास गरी तु- कारबाही गर्ने साहस गर्नु पर्छ।

यी सबै भईरहदा केही दिन अगाडी मात्र तपाईँले कार्यक्रम सम्बोधन गर्दा फेरि पनि मजाग गर्नु भयो रेल अब पच्चहत्तर साल भित्र अाईपुग्छ पानीजहाज पनि आउँछ यदि यो भएन भने दुई वर्ष भित्र नेपाली ध्वजाबाहेक पानीजहास फरर झण्डाहल्लिदै समुन्द्रमा कुद्छ भन्नु भयो अन्य ग्यास पाईपलाईको कुराले पनि निरन्तरता पाइरहेको छ।

तपाईँले नै भन्नु भएको छ एउटा कार्यक्रममा पानीजहास कुदाउँछु भन्दा सिंह दरबार कार्यक्रम सकेर बाहिर निस्कँदा सिंह दरबार अगाडी बाल्टिनमा काजगको डुङ्गा तैराईरहेको तस्बिर आफैले देखे भन्नु भयो।

अब यी रेल पानीजहाज ग्यास पाइपका कुरा छाड्दिनुस प्रधानमन्त्रीज्यू! तपाईँले कार्यक्रममा हसाँईरहदा तपाईँको कार्यालय अलिक वरपर युवा जमातको भिड लागरहेको थियो।त्यो भिडमा तपाईँले चाहेजस्तो क्यापेवल मान्छे पनि थिए होलान् । युनिभर्सिटी सकेर कोरिया जापान अथवा खाडी पस्नुको पिडा कस्तो होला अन्दाज गर्नुस्।

रेल,ग्यास पाइपलाइन,पानीजहाज पनि बिस्तारै प्रयोग गरोैँला त्यो भन्दा अगाडी बेरोजगारी समस्यालाई हटाउन भरपुर प्रयास गर्नुस्।तपाईँले दुई वर्ष भित्र रेल चल्छ भनेर जबरजस्त तर्क गर्दा ती युवाजमात दिन रात नभनी कोरियाको फर्म भर्न सिरोक,डस्न लिएर लाइनमा सुत्न बाध्य भएका छन् यो तमासाले तपाईँलाई के महसुस भयो भोक तिर्खा नभनी ईमान्दारीताको साथ मजदुरी गर्न जानको लागि लामबद्द छ।

अनि तपाईँको जबरजस्त तर्कले मेल खायो त? यो मजाग बन्द गर्नुस्!अोलीज्यू! तपाईँ फटाफट बेरोजगार हटाउने उपाय खोज्नुहोस सुरक्षाको अनुभूति गराई लगानीकर्ताहरूलाई ग्यारेन्टीको अनुभूति गराउनुहोस् ।

यो विकराल वेरोजगारको समस्यालाई पहिलो प्राथमिकथामा राख्नुहोस् अनि तपाईँ कार्यकारी प्रमुखको हैसियतमा रहनुहोस्। तपाईँको टिमलाई दह्रो र खरो आदेश दिनुहोस् कुनै पनि नागरिकका कामहरू सेकेण्ड भर ढिला नगरी स्फुर्त सेवा सुविधा कसरी दिने भन्ने मा विज्ञहरू सँग छलफल गर्नुहोस् समस्याको चाङ छ कुनलाई पहिला सम्बोधन गर्ने स्पष्ट खाका तयार पार्नुहोस् ।

यतिविधी समस्या छन् अनि तपाईँ रेल र पानीजहाज बाहेक अन्य कुरा गर्नुहुन्न नागरिक बेचेर के रेल,पानीजहाज चढ्नु? पहिला विदेशिएका नागरिक लाई देश फर्काउनु होस अनि रोजगार दिनुहोस त्यसपछि समृद्धि पनि हुन्छ तपाईँ हाम्रा समस्या इच्छा आकाङ्क्षा र सपनाहरू पनि पुरा होलान् त्यति बेला बल्ल अान्नदले रेलमा यात्रा गरोैला ….