२०७५ जेष्ठ ६, आइतवार

अफिसमै मस्त निदाएर तलब पकाउँदै सरकारी शिक्षक

May 15, 2018
48 Views
Spread the love
  • 83
    Shares

सिन्धुली । अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा एउटा सरकारी शिक्षकको तस्वीर भाइरल बनिरहेको छ । त्याे श्री कालिका माध्यमिक विद्यालय कामनामाई नगरपालिका, धमिले जरायोटार, सिन्धुलीका सरकारी शिक्षक ‘केशव’ भनेर चिनिने चित्रकुमार दाहालकाे तस्वीर भएकाे बताइएकाे छ ।

दाहाल निम्न माध्यमिक तहका स्थायी शिक्षक हुन् । तर निम्न माध्यमिक तहको शिक्षक भए पनि उनले माविसम्मै पढाउँदै आएका छन् । उनले कक्षा नौ, दश र प्लस टुका विद्यार्थीलाई अर्थशास्त्र पढाउँछन् भने कक्षा छ र सातलाई नेपाली विषय पढाउँछन् । उनी समयमा विद्यालय नपुग्ने र बेलाबेलामा अफिसमै सुतेर मस्त निदाउने भएकाले चर्चामा आएका छन् । र, विद्यालयको समय नसकीकनै घर फर्किने गरेका छन् ।

स्थानीय अभिभावकका अनुसार दाहाल अफ्नो घण्टीमा मात्रै विद्यालय जाने र आफ्नो घण्टी सकिएपछि घर फर्कने गरेका छन् । जबकि सरकारी विद्यालयमा भने बिहान १० बजेबाट बेलुका चार बजेसम्म अनिवार्य बस्नुपर्ने हुन्छ । तर शिक्षक दाहालले भने विद्यालयको नियम कानुनसम्म उल्लङ्घन गरेका छन् ।

पूर्वविद्यालय व्यावस्थापन समितिका अध्यक्ष बुद्धिराज श्रेष्ठका अनुसार शिक्षक दाहालको सदरमुकामा ‘उसा बुक स्टेशनरी’ समेत रहेको छ । ‘उनको स्टेशनरीबाट विद्यालयले किताब लिन नमानेपछि विद्यालयमा कुरा मिलेको थिएन । त्यसैले पनि उनी यसरी निदाएकाे फोटो कसैले खिचेको हुन सक्छ,’ श्रेष्ठले भने, ‘बेलाबेला अफिसमै सुतिरहने उनकाे बानी कुनै शिक्षकलाई मन परेको थिएन होला, अब मस्त सुतिरहेको बेला फोटो खिचेर पोस्ट गरिदिए ।’

सोही विद्यालयका प्रध्यानध्यापक श्रेष्ठ कुमार श्रेष्ठका अनुसार शिक्षक दाहाल समयमा विद्यालय उपस्थित नहुने र बेलाबेलामा सुत्ने गरेकाे धेरै भयाे । आफू विद्यालयमा नभएको बेला अफिसमै सुत्ने गरेको प्रधानध्यपक श्रेष्ठको दाबी छ । उनले भने, ‘म भाइको विवाहमा गएको थिएँ । तेही बेला फेरि सुत्नुभएछ । कसले खिचेर पोस्ट गर्नुभयो । बिस्तारै भाइरल हुँदै गयो । मलाइ पनि अन्य साथीहरूले लिक पठाइदिनु भयो अनि मात्र देखेँ ।’

उनले थपे, ‘बेला-बेलामा सुतिराख्नुहुन्छ तर यसरी सुतेको चाहिँ पहिलोपटक देखेको हुँ ।’ प्रधानाध्यापक श्रेष्ठका अनुसार आँखाको बिरामी भएको कारण यसरी सुत्नुपरेको हो । उनले शिक्षक दाहाललाई उद्धृत गर्दै भने, ‘आँखाको बिरामीको कारण आँखा चिम्लेर बसेको थिएँ । मबाट गल्ती भयो । मलाई साथीहरूले नै फसाउनुभयो ।’

तर यो घटना बाहिर अाएकाे तीन साता हुन लाग्दा पनि यसरी स्कुलमै सुत्ने शिक्षकमाथि कुनै कारबाही अगाडि बढेकाे छैन । पधानाध्यापक श्रेष्ठका अनुसार उनलाई अहिलेसम्म कुनै कारबाही अगाडि बढाइएको छैन । उनले भने, ‘मलाई पनि कारबाही किन नगरेको भनेर प्रश्नहरू गरिरहेका छन् । मैले विद्यालया व्यावस्थापन समितिका अध्यक्ष कुमार बहादुर कार्की र वडा अध्यक्ष राम बहादुर थिङलाई पनि जानकारी गराएको छु । वडा अध्यक्ष नगरपालिकाको सभामा व्यस्त भएका कारण छलफल हुन सकेको छैन । छलफल गरेर कारबाही चाडै नै अगाडि बढाउछाैं ।’न्युज २४ को सहयोगमा

Facebook Comments
  • 83
    Shares

You may be interested

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !
राजनीति
0 shares6 views
राजनीति
0 shares6 views

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !

himal post - २०७५, ६ जेष्ठ १७:२३

झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कट्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिवारबाट डोजर…

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !
राजनीति
0 shares14 views
राजनीति
0 shares14 views

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !

himal post - २०७५, ६ जेष्ठ १७:०३

वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली…

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)
राजनीति
0 shares13 views
राजनीति
0 shares13 views

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)

himal post - २०७५, ६ जेष्ठ १६:५९

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन…