बाराक ओबामाले छोरीका प्रेमीलाई माफी माग्दै लेखे चिठी ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाराक ओबामाले छोरीका प्रेमीलाई माफी माग्दै लेखे चिठी !



एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले आफ्नी छोरी मालियाका ब्वायफ्रेन्डसँग माफी माग्दै चिठी लेखेको डेलीमेलले उल्लेख गरेको छ । ओबामाकी जेठी छोरी मालियाका नयाँ प्रेमी रोरी फार्कुहार्सन बेलायतका धनी परिवारमा हुर्किएका हुन् । तर छोरी मालिया सधैँ चर्चामा रहने गरेकाले उनीहरु सँगै देखा पर्नासाथ दुवैको निजी जीवनलाई मिडियाले सार्वजनिक गरिदिने गरेको छ ।

यसैकारण ओबामाले आफ्नो परिवार चर्चित भएकै कारण रोरी र उनको परिवारले समेत अहिले विभिन्न समस्या र अवरोधको सामना गर्नुपरिरहेकामा माफी माग्दै चिठी लेखेका हुन् । १९ वर्षीया मालियाको २० वर्षीय रोरीसँग गतवर्ष हाभर्ड युनिभर्सिटीमा भेट भएको थियो । त्यसै समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुवैको नाम र तस्बिर मिडियामा पटकपटक आइरहने गरेको छ । यस्तोमा ओबामाको नाम विश्वभर प्रख्यात भएकै कारण अहिले यसले रोरीतर्फ पनि धेरै ध्यान केन्द्रित गरिरहेको छ । उता रोरीका आमाबुवा क्याथरीन र चाल्र्सले भने मालियालाई खुसी हुँदै स्वीकारिरहेको र आफ्नो छोरासँगको सम्बन्धबारे पनि कसैलाई लुकाउने नगरेको बताइएको छ ।

तरपनि छोरी चर्चामा रहेकै कारण रोरीको जीवनमा समेत त्यसले निकै ठूलो प्रभाव पारिरहेको भन्दै ओबामाले भने आफ्नो परिवारका तर्फबाट माफी मागेका हुन् । अत्यन्तै स्टाइलिस र धनी परिवारका आफ्ना बेलायती ब्वाइफ्रेन्ड रोरीप्रति मालियाको प्रेम गम्भीर बन्दै गइरहेकाले पनि ओबामाले पत्रमार्फत चिन्ता व्यक्त गरिरेको बताइएको छ । रोरीका पिता भने एक बैंकका कार्यकारी अधिकृत रहेको बताइएको छ ।