माघ ४,५,६ गते नर्सहरुले कुनैपनि काम नगर्ने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माघ ४,५,६ गते नर्सहरुले कुनैपनि काम नगर्ने



बुटवल । मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित नर्सहरुको पुर्नबहालीको माग गर्दै विगत एक सातदेखि आन्दोलनरत नर्सहरुले सोमबारदेखि तीन घण्टाका लागि काम छोडेका छन् । नर्सहरुले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म काम ठप्प पारेका छन् ।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित नर्सहरुको साथै अन्य कर्मचारी सहित सातै जनालाई पुर्नबहाली गर्नु पर्ने लगायतका ११ बुँदे माग राख्दै नर्सहरु आन्दोलित छन् ।

नर्सहरुको मागप्रति स्वास्थ्य मन्त्रालयले कुनै सुनुवाई नगरेपछि नेपाल नर्सिङ्ग संघको पूर्व घोषित कार्यक्रम अनुसार नै नर्सहरुले माघ १ गतेदेखि तीन दिनसम्मका तीन घण्टा काम छोडेका हुन् ।

उनीहरुले आफ्नो मागको सम्बोधन नभए माघ ४,५,६ गते बिहान ८ देखि दिउसो ४ बजेसम्म कुनै पनि काम नगर्ने कार्यक्रम तय गरेको संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले जानकारी दिइन् ।

त्यसपछि पनि मन्त्रालयले मागको सुनुवाई नगरे आन्दालनको पूरै काम ठप्प पारी मन्त्रालय घेराउ गर्ने नर्सिङ्ग संघले चेतावनी दिएको छ ।

मागका क्रममा संघले निष्काशित नर्सहरुलाई पुर्नबहाली गरिनु पर्ने, नर्सिङ्ग सेवा महाशाखा गठन गरिनु पर्ने, प्रत्येक स्कुलमा स्कुल नर्सको व्यवस्था गरिनुपर्ने, नर्सहरुको श्रम शोषणको अन्त्य गरिनु पर्ने लगायतका माग राख्दै आएका छन् । माग प्रति एक्यवद्धता जनाउदै अहिले देशभरका नर्स आन्दोलित भएका छन् ।