नर्स बन्न खर्च आठ लाख, मासिक तलब १० हजार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नर्स बन्न खर्च आठ लाख, मासिक तलब १० हजार



नयाँ पत्रिका : काठमाडौं । विश्व नर्सिङ दिवस शनिबार संसारभरि मनाइँदै छ । नर्सिङ सेवाको सुरुआत गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मदिनमा मनाइने नर्सिङ दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ ।

यस वर्ष नर्सिङ दिवसको नारा ‘स्वास्थ्य एक मानवअधिकार’ भन्ने छ । अस्पताललाई सफा राख्न र बिरामीको सम्मान तथा भावनालाई कदर गर्न नाइटिंगेल नै सुरुआत गरेको स्मरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी कम्युनिटी नर्सिङ अधिकृत कविता अर्यालले भनिन्, ‘आज उनले दिएको ज्ञान र सीपलाई विश्वभरका नर्सहरूले अंगालिरहेका छन् ।’ तर, नर्सहरूले पाउने सेवा, सुविधा भने कामअनुसार उपयुक्त छैन । उनीहरूले पढाइमा लाग्ने खर्चको तुलनामा कम पारिश्रमिकमा काम गरिरहनुपरेको छ ।

नर्स बन्न आठ लाख खर्च

नर्सिङ क्षेत्रका जानकारहरूका अनुसार नर्स बन्न नेपालमा चारदेखि आठ लाख रुपैयाँसम्म लाग्ने गरेको छ । वीर अस्पतालकी नर्सिङ अधिकृत रमिला चौलागाईंले नर्स बन्न एकिन रकम नतोकिएको बताइन् । सिटिइभिटीबाट मान्यता प्राप्त निजी कलेजहरूले फरक–फरक शुल्कमा नर्सिङ पढाइ गर्छन् ।

निजी अस्पतालमा चारदेखि आठ लाखसम्म खर्च हुने गरेको उनले बताइन् । सरकारी स्वास्थ्य संस्थाले भने दुईदेखि तीन लाखसम्म लिने गर्छन् । तर, खर्चअनुसारको नर्सले तलब पाउँदैनन् । ‘नर्सलाई मासिक १० देखि ११ हजार रुपैयाँ तलब दिन्छन्,’ उनले भनिन् ।