नुवाकोट घटनाको वास्तविकता यस्तो थियो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नुवाकोट घटनाको वास्तविकता यस्तो थियो



नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं २ ले जनजागरण अभियान अन्तर्गत यस क्षेत्रको ढिकुरेमा बुधवार आमसभाको आयोजना गरेको थियो । यस क्षेत्रबाट निर्वाचित सांसद समेत रहनुभएका पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महत कार्यक्रमको प्रमुख अतिथि र नेपाली काँग्रेस केन्द्रीय सदस्य एबम नुवाकोट क्षेत्र नम्बर ३ का सांसद बहादुर सिह लामा विशेष अतिथि हुनुहुन्थ्यो भने तिनै क्षेत्रका पार्टी सभापतिहरुको उपस्तिथि रहेको थियो।कार्यक्रमका सहभागी हुने क्रममा डा. रामशरण महत र बहादुर सिह लामाले जिल्ला विकास समितिमा भएको तोडफोडको निरीक्षण गर्नु भएको थियो ।

पार्टीले जनजागरण अभियान अन्तर्गत खानिगाउ गाविसको ढिकुरेमा कार्यक्रम आयोजना गर्ने र प्रमुख अतिथिको रूपमा डा. महतलाई आमन्त्रण गर्ने निर्णय गरे अनरूप उक्त कार्यक्रम सञ्चालन भइरहेको थियो । विगत १२ दिनदेखि बन्द आह्वान गरिएकोले जनजीवन कष्टकर बनिरहेको पृष्ठभूमिमा कार्यक्रममा स्वस्फूर्तरुपमा जनसहभागिता जुटिरहेको थियो । यो स्थिति सहन नसकेर माओवादीको नेतृत्वमा आएका भिडले गौंडा गौंडामा बसेर काँग्रेसको सभा भाँड्न प्रयास गरिरहेका थिए । यसैक्रममा उनीहरूको जत्थाले तरुण दलका क्षेत्रीय अध्यक्ष शरण घले, सुमन गिरी लगायतका काँग्रेसका कार्यकर्ताहरुमाथि बाटोमा अवरोध पुराएका थिए। सोही भिडले काँग्रेसका ७ जना कार्यकर्ता घाइते बनाएका छन् भने ६ वटा मोटरसाइकल तोडफोड गरेको छ ।क्षेत्र नं १ बाट र बाहिरबाट आएको जत्था अघि बढ्दै गयो र शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको कार्यक्रमस्थल पुगेर सभालाई बिथोल्ने प्रयास गर्‍यो । उनीहरूलाई संयमित हुन र केही गुनासाहरु भए राख्न सकिने घोषणा गर्दा गर्दै सभामाथि ढुङ्गा प्रहार गरिन थाल्यो । हातमा लट्ठी र रड बोकेको उत्तेजित भिडलाई शान्त रहन संयमित ढङ्गले आग्रह गरिरहेको थियौ तर उनीहरू थप आक्रामक भई सभा बिथोल्न अगाडि बढे पछि नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा.महतले स्थानीय जनप्रतिनिधिका हैसियतले स्थानीय तह पुनसंरचना आयोगलाई आफ्नो सुझाव दिएको धारणा राख्नुभएको थियो । निर्वाचन क्षेत्र टुक्र्याउन नपाइने समझदारी रहेको छ र डा.महतले १ नम्बर क्षेत्रका बारेमा केही कुरा राख्नुभएको छैन । “सरकार को नेतृत्व गरिरहेका पार्टी ले अराजक ढङ्गबाट बन्द हडताल गरिनुले सरकार नै अराजक क्रियाकलापमा सहयोग गरेको देखिन्छ ”

बन्द क्षेत्र नम्बर २ मा केन्द्रित गरिनु र अनावश्यक आरोप डा. महत माथि लगाउनु डा महतलाई कमजोर बनाउने प्रयास गरेको प्रस्ट देखिन्छ । लामो समयको बन्दले गर्दा त्यस भेकको जनताको जनजीवन कष्टकर बन्दै गएको र नागरिकको हिडडुल गर्ने व्यापार व्यवसाय गर्ने नागरिक अधिकार कुन्ठित पार्ने कोसिस गरिएकोमा गम्भीर आपत्ति व्यक्त गर्नु भयो साथै यतिलामो समयको बन्द खुलाउन प्रशासनले कुनै पहल नगरेको र मुख दर्शक भई हेरेको बताउनु भयो।कार्यक्रममा सांसद बहादुर सिह लामाले जनतालाई दुख दिने गरी गरिएको बन्द अब जनताले प्रतिकार गर्ने बताउनु भयो।

आयोगको सिफारिस अहिले पनि मन्त्रिपरिषदमै रहेको छ र यससम्वन्धी कुनै निर्णय सार्वजनिक भएको छैन । क्षेत्र टुक्राएकोमा काँग्रेसले आफ्नो असहमति जाहेर गरिसकेको छ । शक्तिको दुरुपयोग गरी डा. महतले क्षेत्र टुक्र्याउन नदिएको भन्ने आरोप लगाइएको छ । उहाँ सरकार भन्दा बाहिर रहनु भएकोले शक्तिको दूरपयोग गरियो भन्नेमा पनि सत्यता नभएको स्पष्ट छ । उहाँको विद्यमान हैसियत अहिले सांसदको मात्र रहेको सर्वविदितै छ । केही व्यक्तिहरूको उक्साहटमा चौघडा गाविसलाई लिखु गाउँपालिकामा गाभ्नुपर्छ भनी जवर जस्त आह्वान गरिएको यहाँको बन्दले जनजीवन अत्यन्तै कष्टकर बनाएको छ । यो गम्भीर अवस्थालाई ओझेलमा पार्ने प्रयास गरी रहनु हुन्न, बन्द फिर्ता लिइनुपर्छ भन्ने स्थानीय जनताको जोडदार माग रहेको छ ।

रामजी पौडेल
क्षेत्रीय सचिव
नेका क्षेत्र नं २, नुवाकोट
२०७३ माघ १३