एनआरएनए कतारको १५ औँ स्थापना दिवस सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एनआरएनए कतारको १५ औँ स्थापना दिवस सम्पन्न



ओम प्रकाश बानियाँ

दोहा, कतार

गैह्र आवसीय नेपाली सङ्घ रास्टिय समन्वय परिषदले आफ्नो १५ औँ स्थापना दिवस धुमधामका साथ मनाएको छ । सोही कार्यक्रममा नयाँ कार्य समितिको १०० दिनको प्रतिवेदन पेस गरिएको थियो ।

दोहाको गार्डेन भिलेज रेस्टुरेन्टमा आयोजना भएको सो कार्यक्रममा गैर आवसीय नेपाली सङ्घ रास्टिय समन्वय परिषद् कतारका अध्यक्ष नवीन पोख्रेलको सभापतित्व, प्रमुख अतिथि नेपाली राजदूतावासका प्रथम सचिव नितेश सापकोटा, विशेष अतिथि र अतिथिहरूमा एन आर एन ए मध्य पूर्व अध्यक्ष आर के शर्मा, पूर्व अध्यक्ष कमल मणी गुरागाई, समाजसेवी सागर नेपाल, विमल सुवेदी, दिल किरण खुजुम, तिर्थ संगम राई, चानक पोख्रेल, मोहमद अजिज अलि, शनि कुमार ओली पत्रकार महासङ्घ कतारका अध्यक्ष गणेश कुमार बन्जाडे लगायत दोहामा अवस्थित विभिन्न सङ्घ सस्थाका प्रतिनिधिहरूको आतिथ्य ग्रहण रहेको थियो ।

गैर आवसिय नेपाली सङ्घ कतारका प्रथम उपाध्यक्ष तेज कट्वाल द्वारा स्वागत मन्तव्य एवम् कार्यक्रमको बारेमा प्रस्टाईएको थियो । श्रमिकहरूको हक हितको लागि स्थापना भएको यो संस्था अहिले ७७ ओटा राष्ट्रमा सञ्चालन छ । करिब ७० हजार यसका सदस्य छन् ।

सम्मान कार्यक्रम:
गैर आवासीय नेपाली सङ्घको ६०औं बैठकबाट मानार्थ परिषद् (Honorary Council) सदस्य पदमा मनोनीत कतारवाट महेन्द्र चम्लागाई, कतारमा अनबरत रूपमा सामाजिक कार्यमा उच्च योगदान पुर्‍याउनु हुने डा.देवकाजी डंगोल, टिवि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाँई, विल गुरुङ्ग लाई सम्मान गरिएको थियो ।

बिदाइ कार्यक्रम:
नेपाल पत्रकार महासङ्घ कतार शाखाका निबर्तमान अध्यक्ष रवि रोशीले कतारको बसाइलाई बिट मार्दै नेपाल प्रस्थान गर्ने लागेकोमा सस्थाले बिदाइ गरेको छ ।

शुभकामना मन्तव्य:
कार्यक्रममा विभिन्न सङ्घ सस्थाका प्रतिनिधि, राजनीतिक दलका भातृ सङ्गठन, जातीय सङ्गठनका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।

प्रमुख अतिथि नेपाली राजदूतावासका प्रथम सचिवले १०० दिनमा श्रमिकहरूको लागि उल्लेखनीय काम गरेको भन्दै सस्थाको प्रशाङ्सा गरेका थिए । जुन लक्ष्य र उदेश्यको साथ १५ वर्षको समयमा धेरै काम भएको भन्दै आगामी दिनमा पनि यस्तै कामको अपेक्षा रहेको उनले बताए । सापकोटाले फेरि थपे श्रमिकको हक हितको लागि राजदूतावासले जस्तो सुकै सहयोग गर्ने पनि तयार रहेको उल्लेख गरे । कार्यक्रमको सभापतिले अहिलेसम्म हामीलाई सहयोग गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यहाँ हरुको यस्तै सहयोगको अपेक्षा राखेको बताए । उनले थपे हामीले गल्त कार्य गरेको बेला खबरदारी गर्नुस् राम्रो काम गरेको बेला प्रशङ्शा गर्नुस् जसले गर्दा हामी के गर्दै छौँ भन्ने थाहा हुन्छ ।

सो कार्यक्रम गैर आवसीय नेपाली सङ्घ रास्टिय समन्वय परिषद् कतारका महासचिव वुदबल गुरुङ द्वारा सञ्चालन गरिएको थियो ।