आ.व. २०७५/७६ को नीति तथा कार्यक्रम निर्माणका लागि सुझाब संकलन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आ.व. २०७५/७६ को नीति तथा कार्यक्रम निर्माणका लागि सुझाब संकलन



बिशाल पाण्डेय /सुखड,कैलाली  ।
कैलालीको घोडाघोडी नगरपालिकाले आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम निर्माणका लागि सुझाब संकलन कार्यक्रम मंगलबार सुखडमा सम्पन्न गरेको छ ।

उपस्थित सहभागीहरुले सबै वडाका समस्याहरु पुरा गर्ने तरिकाको बजेट निर्माणका लागी जनप्रतिनिधिलाई सुझाब दिएका छ्न । सहभागीहरुले पर्यटन बिकास ,शिक्षा ,स्वास्थ ,खानेपानी ,बाटो घाटो लगाएतका कुरामा कुन वडामा कस्तो समस्या छ त्यो बुझेर बजेट छुट्टाउन सुझाव दिएका हुन ।

कार्यक्रममा आफ्ना सुझाब राख्दै बिस्णु सापकोटाले बन संरक्षण ,बिकाश निर्माण ,नदिनाला नियन्त्रण तथा  शिक्षा  स्वास्थ्यलाई सबै जनतामाझ पुग्नेगरी काम गर्नुपर्ने बताए । त्यस्तै नगर बाल संजालका अध्यक्ष हुकुम आचार्यले बालबालिकाहरुको लागी बाल उद्यान ,बालमैत्री संरचना, बालबालिकालाई खेलकुद सामाग्री बितरण लगाएत बालबालिकाको हितको लागी नगरपालिकाले बजेट छुट्टाउनु पर्ने बताए।

सुझाव दिदै काङ्ग्रेसकि नेता  रिता चौधरिले नगरपालिकाले कर लिदा जनताको ढाड सेक्ने गरि कर लगाउन नहुने बताउदै  पिछडिएका समुदाएका लागि विशेष प्याकेज ल्याएर कार्यक्रम गर्नुपर्ने बताइन । साथै बसन्ता संरक्षित कार्यक्रमका अध्यक्ष पुस्कल बम तथा  सामुदायिक बन उपभोक्ता समितीका ब्यक्तिहरुले  सामुदायिक बन स्थानिय सरकारले आफ्नो मातहतमा लिए सखाप हुने भएको बताउदै बन जङ्गल भित्र रहेका तालहरुमा माछा पालन नगर्न आग्रह गर्दै चोरी सिकारीको नियन्त्रण गर्नको लागी नगरपालिकाले केहि गर्न पर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै स्थानीय शिक्षक लक्ष्मी प्रसाद भट्टराइले नगरपालिकाले शिक्षा क्षेत्रमा खासै रोल नखेलेको बताए । भट्टराईले जनप्रतिनिहरुले पहिला सुझाव नलिइ मनपरी गर्दै जानुले पनि जनताले सोचेको जस्तो बिकास नभएको बताए । साथै कुनै पनि काम गर्दा  दीर्घकालीन योजना नबनाइ काम गरेका कारण भबिस्यमा समस्या आउने भएकाले आगामि दिनमा योजना बनाएर काम गर्न समेत सुझाब  दिए ।

त्यस्तै सुझाव संकलन कार्यक्रममा सहभागीहरुले कृषि क्षेत्रमा नगरपालिकामा लगानी लगाउने र कृषि सम्बन्धि विभिन्न तालिमहरुको आयोजना गर्नु पर्ने र पुरै नगरमा शुद्ध पिउने पानीको ब्यवस्था हुनेगरी कार्यक्रम ल्याउन सुझाब दिए ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै नगर प्रमुख ममता प्रसाद चौधरिले आर्थिक बिकास, सामाजिक बिकास , पुर्वाधार बिकास , बन बाताबरण तथा विपद ,सुसासन तथा संस्थागत क्षमता बिकास अन्तरगत यि ५ वटा कुराहरुमा रहेर बजेट निर्माण गर्ने बताए । साथै चौधरीले अघिल्लो बर्ष यसरी सुझाव लिन पाइएन उनले भने अब जनताको सुझाब अनुसार नीति तथा कार्यक्रम बनाइ काम गर्छु । नगर प्रमुख चौधरीले सर्वपक्ष तरिकाबाट योजना छनोट अनुसार बजेट निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।