निर्वाचनपछि पार्टी एकता हुने : ज्ञवाली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निर्वाचनपछि पार्टी एकता हुने : ज्ञवाली



काठमाडौ‌, कात्तिक २० ।

आसन्न निर्वाचनका लागि काठमाडौ‌ निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनले संयुक्त कार्यालय स्थापना गरी सोमबारबाट निर्वाचन प्रचार शुरु गरेको छ ।

बिजुलीबजारस्थित प्रचार कार्यालयको नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र नेकपा माओवादी केन्द्रका लीलामणि पोखरेलले उद्घाटन गरे ।

सो अवसरमा उपाध्यक्ष ज्ञवालीले मुलुकको समृद्धिका लागि वाम गठबन्धनले विजय हासिल गर्नुपर्ने बताए । उनले वाम एकता अहिलेको आवश्यकता भएकाले निर्वाचनपछि पार्टी एकता हुने जनाए ।

केन्द्रका नेता पोखरेलले पार्टी एकताकै लक्ष्यसहित आफूहरुको चुनावी तालमेल गरिएको स्पष्ट गरे ।

गठबन्धनबाट सो क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार अनिल शर्माले बागमती र विष्णुमति नदीको प्रदूषण हटाइ स्वच्छ हराभरा क्षेत्र र अन्य विकासका कार्यक्रमका साथ आफू अघि बढेको बताए ।

सो क्षेत्रको प्रदेश क र ख का उम्मेदार विष्णुकुमारी भुषाल भट्टराई र गणेशप्रसाद दुलालले पनि आफूहरुको चुनावी अभियानमा समर्थन बढ्दो रहेको दाबी गरे । सो क्षेत्रको प्रचारका लागि श्याम तण्डुकारको संयोजकत्वमा समिति गठन गरिएको छ ।