हाँस्यकलाकार निर्मल शर्मा 'गैँडा'लाई ६ अभियोग ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

हाँस्यकलाकार निर्मल शर्मा ‘गैँडा’लाई ६ अभियोग !



निर्मल शर्मा भनेर चिन्ने कम होलान्, तर गैँडा भनेपछि नचिन्ने त कोही पनि छैन होला । चलचित्र निर्माता तथा  हाँस्यकलाकार निर्मल शर्मा तितो सत्य हास्य टेलीसिरियलमा गैँडाको रोलमा थिए । र यो गैँडा उपनाम तितो सत्यकै ट्याग हो ।

तितो सत्यको भूमिकामा र सामाजिक सञ्जालमा निकै खरो देखिने शर्मा प्रत्यक्ष एकदमै मिजास स्वभावका छन् । र अत्यन्तै सहयोगी पनि ।
प्रस्तुत छ निर्मल शर्मालाई किङ खनालले लगाएका ६ अभियोग र उनको स्पष्टीकरण…

  • सामाजिक सञ्जालमा निकै सक्रिय, तर हरेक कुराको विरोध मात्र किन गर्नुहुन्छ ?

म हरेक कुराको हैन, धिन लाग्दा ,लाज लाग्दा कुराहरुको मात्र व्यंग्य गर्छु , तर प्रमको साझा सवालको गरिन, किनकि अनुशासित छु म ।

  • कलाकार भएर पनि राजनीतिज्ञ ज्यादा देखिनुहुन्छ भन्छन् त ?

राजनीतिबाट धेरै टाढा छु म , रु २०  रुपैया कपको चिया खाँदै फुर्सदमा कुरा काट्नेहरूका के कुरा गर्नु ।

  • घमन्डी हुनुहुन्छ भन्ने आरोप पनि छ तपाइँमाथी खासमा के हो ?

म स्वाभीमानी छु , कसैको केही अपेक्षा नै गर्दिन,उनीहरुलाई हानी नोक्सानी नगरी , समाज सुधारका लागी समेत काम गर्छु , यसलाई घमण्डी भन्छन् भने मेरो भन्नु  केही छैन ।

  • मान्छे जेन्टल भएर पनि हाँस्यकलाकार बन्नुको केही रहस्य छ कि ?

म जेन्टल जीवन जिउने प्रयासमा छु , हाँस्यकलाकार बन्नु कठिन काम हो , म बन्न सकिन र रहर पनि भएन अव ।

  • निर्मल शर्मा कलाकार नबनेको भए रेस्लर बन्थे भन्छन् नि ?

म २२ वर्ष अघि मुर्गा बनेर चलचित्रमा आएको हुँ ,सिनेमाले आजसम्म दाल भात खाएको छैन, किनकि म ठगेर खान्न, अरूको भाग खान्न, धोका दिन्न म  , आफ्नो काम पहिले नि गर्थे अहिले नि गर्छु तेही  हो ।

  • अवार्ड कार्यक्रमको निकै विरोध गर्छन् निर्मल शर्मा, गरेर खान नदिने भए भन्छन् रे आयोजकहरु किन?

मैले  अवार्डको कहिले विरोध गरेको छैन, सिनेमा नगरी सोमालीया जस्तो छ , सम्पन्न देशमा भिषा भएकाहरुलाई मात्र वितरण गरिने  अवार्ड भनेको भूकम्प पीडितलाई आईफोन ७ राहत जस्तै हो  । पहिले घरको जग दरो बनाँउ अनि छत ढलान गरौँ भन्ने सल्लाह हो मेरो ।