हेर्नुहोस, निद्रासम्बन्धी १५ रोचक तथ्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हेर्नुहोस, निद्रासम्बन्धी १५ रोचक तथ्य



१. १२ प्रतिशत मानिसहरु निदाउँदा सादा दृश्य देख्छन् ।

२. दुई तिहाई बिराला जीवनभर निदाउँछन् ।

३. एउटा जिराफलाई दिनमा १.९ घण्टा निदाउ पुग्छ भने चमेरोलाई १९.९ घन्टा निदाउनुपर्छ ।

४. मानिसले आफ्नो जीवनको एकतिहाई समय निदाएर बिताउछ ।

५. क्यालिफोर्नियाका र्यान्डी गार्डनर नामका एक विद्यार्थीले ११ घण्टासम्म ननिदाई रेकर्ड बनाएका थिए ।

६. बिहान ओछ्यानबाट उठ्न नमिल्ने समस्यालाई ‘डिसानिया’ भनिन्छ ।

७. निद्रामा हिड्ने समस्यालाई ‘प्यारासोम्निया’ भनिन्छ ।

८. १५ प्रतिशत मानिसहरु निद्रामा हिड्ने समस्याबाट पीडितभएको अनुमान गरिन्छ ।

९. विवाहित ४ मध्ये एक जोडी अलग बेडमा सुत्छन् ।

१०. ननिदाउने समस्या भोकमरीको समस्याभन्दा खतरनाक हुन्छ ।

११. जन्मदै आँखा नदेख्नेहरुले दृश्यभन्दा भावना, आवाजको सपना देख्छन् ।

१२. ब्युझेको ५ मिनेटमै ५० प्रतिशत सपना बिर्सिइन्छ ।

१३. ४१ प्रतिशत बेलायतीहरु गर्भको शिशुको पोजिसनमा सुत्छन् ।

१४. मानिसको सुत्ने पोजिसन र व्यक्तित्वमा सम्बन्ध हुन्छ ।

१५. मानिसमात्र त्यस्तो प्राणी हो, जो आफूले चाहेकोबेला निदाउन सक्छ ।