निजि शिक्षक संंगठनले नगर प्रमुख चौधरीलाई बुझाए ज्ञापनपत्र   - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

निजि शिक्षक संंगठनले नगर प्रमुख चौधरीलाई बुझाए ज्ञापनपत्र  



बिशाल पाण्डेय / बिरेन्द्र शाह ।

सुखड,कैलाली । कैलालीको सुखड सोत्र केन्द्र निजिशिक्षक संगठनले आईतबार घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई ज्ञापन पत्र बुझाएको छ ।

नगरपालिकामा केही बिद्यालय मिलान र तह मिलान गर्ने लागेको हुनाले त्यो रोक्नको लागी नगर प्रमुखलाई ज्ञापन पत्र बझाएको निजि शिक्षक सगठनले जनाएको छ । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख ममता प्रसाद चौधरीले तपाईहरुले सुनेको कुरा सत्य रहेको बताउदै बिद्यालय मिलान र तह मिलान गर्ने काम अन्तिममा पुगेको बताउनु भयो । ५ ओटा केटागेरीमा नगरपालिकाले ७ बिद्यालय र ९ वटा तह मिलान हुने गर्न लागेको उहाँले बताउनु भयो ।

शिक्षालाई बैज्ञानिक र गुणस्तरीय बनाउनुको लागी बिद्यालय मर्ज गर्नु परेको बताउदै चौधरीले यसो गर्दा गुणस्तरीय शिक्षा हुने आफु ढुक्क रहेको बताउनु भयो । यो स्थानिय तहको निति नभएकाले राष्टिय निति भएकाले त्यही अनुसरा हामीले पनि काम गर्न लागेको उहाँको धारण थियो । बिद्यालय मिलन र तह मिलान हुदा कार्यरत बिद्यालयका शिक्षक र शिक्षिक लाई छुट्टै व्यववस्था गर्ने लागेको हुनाले तपाईहरु नआतिन पनि उहाँले आग्रह गर्नु भयो ।

माग सम्बोधन भए निजिशिक्षक संंगठनले आन्दोल गर्ने चेतावनी 
यता सुखड सोत्र केन्द्र निजिशिक्षक संगठनले बिना बिकल्प हामीहरुलाई बिस्तापीत गर्यो भने बिभिन्न संघर्ष कार्यक्रम गर्ने बताएको छ । संघर्ष कार्यक्रम अन्तरगत सम्बन्धि कार्यालयमा ताला बन्दी,हामीहरुको मुद्दा जसरी प्राप्त हुन्छ त्यसरी नै आन्दोल गर्ने संगठनले बताएको छ ।

बिकल्पहरु के के हुन ती कुरा हामीलाई जानकारी हुनु पर्ने निजिशिक्षक संगठनको भनाई छ । घर पठाउने बिकल्प हामीलाई नचाहीको र पैसा दिने काम हाम्रो अपमान भएको निजि शिक्षक संंगठनका जिल्ला अध्यक्ष खिलिनी चौधरीले बताउनु भयो । यत्रो वर्ष सम्म शिक्षक भएर काम गरेको र अन्तिममा हाम्रो रोजगारी खोसीने काम भएको हुदा हामी यो कुरामा अमान्य भएको उहाँको धारण थियो । हामी शिक्षक भएकाले कुनै न कुनै ठाउँमा गएर सेवा गर्न पाउँनु पर्ने निजिशिक्षक संगठनको भनाई छ ।