२०७५ असार ५, मङ्लबार

सरकारी अस्पतालमा निजी फार्मेसी राख्न नपाइने

June 6, 2018
42 Views
Spread the love
  • 7
    Shares

सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन परमादेश जारी गरेको छ । सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्न सर्वोच्चको आदेशमा उल्लेख छ ।

निःशुल्क गरिएका औषधि आपूर्ति गर्न र तोकिएका अस्पतालबाट निःशुल्क वितरण गर्ने व्यवस्था गर्न सर्वोच्चले सरकारलाई आदेश दिएको छ ।

वीर अस्पतालले २०७२ सालमा फार्मेसी खोल्न सटर भाडामा दिन बोलपत्र आह्वान गरेको थियो । अस्पताल परिसरमा निजी फार्मेसी खोल्न दिने निर्णय र उक्त बोलपत्र आह्वानको सूचना बदर गर्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चका विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्चमा रिट दिएका थिए ।

वीर अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न दिने निर्णय बदर गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको इजलासले सरकारी अस्पताल परिसरमा आफैंले फार्मेसी सञ्चालन गर्न परमादेश जारी गरेको हो ।

‘आफ्नो परिसरभित्र रहेका सटरहरू निजी औषधि पसल सञ्चालन गर्नका लागि भाडामा दिने कार्यलाई कानून बमोजिमको कार्य मान्न सकिएन,’ फैसलामा भनिएको छ, ‘विपक्षी वीर अस्पतालले १ देखि १४ नम्बर सटर भाडामा दिनेसम्बन्धी २०७२ जेठ २७ गतेको गोरखापत्रमा प्रकाशन गरेको बोलपत्र सूचना, आएका आवेदनहरू तथा सो उपर भएका आदेश तथा सम्पूर्ण काम कारवाहीहरू उत्प्रेषणको आदेशद्वार बदर गरिदिएको छ ।’

अस्पतालले आफैं फार्मेसी सञ्चालन गर्नु भनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा परिपत्र जारी गरिसकेको थियो । यस्तो अवस्थामा पनि वीर अस्पतालले निजी फार्मेसीलाई सटर भाडामा दिने निर्णय गर्नु कानून विपरीत रहेको अदालतको ठहर हो ।

सरकारले तोकेको मापदण्ड अनुसारको आफ्नै फार्मेसी खोल्न सर्वोच्चले वीर अस्पतालका नाममा पनि परमादेश जारी गरेको छ ।

देशभरिको अस्पतालले आफैं फार्मेसी सञ्चालन गरेर सेवा दिएका छन् कि छैनन् भन्ने अनुगमन र मूल्याङ्कनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयका नाममा आदेश जारी भएको छ ।

Facebook Comments
  • 7
    Shares

You may be interested

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल

himal post - २०७५, ५ असार १०:५६

काठमाडौं– रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग…

चार नाम भएका पेले र रोचक कथा
खेलकुद
0 shares15 views
खेलकुद
0 shares15 views

चार नाम भएका पेले र रोचक कथा

himal post - २०७५, ५ असार १०:४९

बीबीसी । विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटक विश्व विजेता रहेको ब्राजिलको यो सफलतामा सबैभन्दा…

अझै मुक्त भएनन् कमलरी
पत्रपत्रिका
0 shares10 views
पत्रपत्रिका
0 shares10 views

अझै मुक्त भएनन् कमलरी

विशाल पाण्डेय - २०७५, ५ असार १०:०३

कान्तिपुर : धनगढी ,कैैैलाली । सरकारले कमलरी प्रथा उन्मूलन घोषणा गरे पनि कैलालीमा अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । एक सर्वेक्षणअनुसार…