पार्टी विरुद्ध उमेद्धार दिएका अर्याललाई कारवाहीको सिफारिस - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पार्टी विरुद्ध उमेद्धार दिएका अर्याललाई कारवाहीको सिफारिस



कपिलवस्तु आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा नेपाली कागे्रंसका पार्टीको आधिकारीक उमेद्धार विरुद्ध स्वतन्त्र उमेद्धार दिएका राजु प्रसाद अर्याललाई कारवाहिको लागी सिफारिस गरिएको छ ।

प्रतिनिधी सभा २ को प्रदेशसभा २ वाट प्रदेशसभाका आधिकारीक उमेद्धार सुधाकर पाण्डेय विरुद्ध स्वतन्त्र उमेद्धार दिएका राजु प्रसाद अर्याललाई कारवाही गर्नको लागी नेपाली कागे्रस क्षेत्रिय समितिले कारबाहिको लागी जिल्ला तथा निर्वाचन परिचालन समिलिाई सिफारिस गरेको छ ।

नेपाली कागेंस क्षेत्र नं ३ का सभापति गिरिजेश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकले अर्यालका प्रस्तावक सन्तोष हमाल र सर्मथक दिनेश हमाललाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।

लोकतान्त्रिक पार्टीमा टिकट नपाउदा सम्म प्रयास गर्न राम्रो हो तर पार्टीलाई असर गरी उमेद्धार विरुद्ध उमेद्धारी दिएको हुंदा तत्काल कारवाही गर्न निर्णय गरेको क्षेत्रीय सभापति पाण्डेयले जनाए । साथै अर्यालको सगै कुनै कार्यकर्ता प्रचार पसारमा लागेको प्रमाण भेटाएमा समेत त्यस्ता कार्यकर्तालाई पार्टीवाट तत्काल निष्कासन गरिने समेत पाण्डेयले बताए ।

सो सम्वन्धमा निर्वाचन परिचालन समितिका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक अतहर कमालले क्षेत्रिय समितिले पढाएको निर्णयको बारेमा भोली जिल्ला सभापति र आफु बसेर कारवाहिको आवश्यक निर्णय गर्ने बताए । साथै जिल्लामा निर्वाचन परिचालन समितिलाई पुर्णता दिई विषयगत समिति वनाई जिल्ला भर निर्वाचन परिचालन गरि कांगेंसको पक्षमा जनलहर ल्याई कागे्रंसका उमेद्धारलाई विजयी बनाउन लाग्ने समेत कमालले बताए ।

उता क्षेत्रिय सभापति गिरिेजेश पाण्डेय यशोधरा गाउंपालिकाको अध्यक्ष भएको र अन्य काममा व्यवस्थ भएको कारण क्षेत्रिय सदस्य जगदिश पाण्डेयलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको सचिव देबेन्द्र कुमनर पाण्डेयले बताए ।