पाकिस्तानको नयाँ प्रधानमन्त्री साहिद खकान अब्बासी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पाकिस्तानको नयाँ प्रधानमन्त्री साहिद खकान अब्बासी



१५ श्रावण, काठमाडौ
पाकिस्तानी सत्तारुढ दल मुस्लिम लिग–नवाजले अन्तरिम प्रधानमन्त्रीमा साहिद खकान अब्बासीलाई चयन गरेको छ । पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

नवाज सरिफको सरकारमा पेट्रोलियम मन्त्रीसमेत रहेका अब्बासीले अब ४५ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । पाकिस्तानी संसदले प्रधानमन्त्री चयन गरेपछि अब्बासी जिम्मेवारीबाट मुक्त हुनेछन् ।

प्रधानमन्त्रीका लागि पार्टीको तर्फबाट पन्जाबका मुख्यमन्त्री रहेका शरिफका भाइ सेहबाज शरिफले प्रतिस्पर्धा गर्नेछन् । सेहबाजले पहिले पञ्जाव प्रान्तको मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने छ र त्यसपछि केन्द्रीय संसद्को तल्लो सदन नेसनल एसेम्बलीको उपचुनावमा जित्नुपर्ने छ ।