युवा गायक तथा सर्जक माधव सिग्देलको तीजको कोसेली "जुरेली चरी" बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

युवा गायक तथा सर्जक माधव सिग्देलको तीजको कोसेली “जुरेली चरी” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

गायक तथा सर्जक माधव सिग्देलले गत वर्ष “खै मादल यता ले” नामक तिज कोसेली सार्वजनिक गरेका थिए उत्त गीतलाई दर्शक स्रेताले निकै मन पराइदिनु भएको थियो, यसपालि भने विदुर शर्माको शब्द अनि आफ्नै स्वर र लय रहेको जुरेली चरी तिज गीत हालै मात्र सार्वजनिक गरेका छन् ।

गीतमा गायक सिग्देल र चर्चित गायिका देवी घर्तीको आवाज सुन्न सकिन्छ।
“ तिमी रुन्छेऊ भन्नि डरले त्यताबाट आइन
मनमा माया हुँदा पनि देखाउन पाइन-देखाउन पाइन
देखिथेऊ जुरेली लाउरेदाई चढेको रेलैमा,
बस है भन्न नि पाइन मायाँलाइ छुट्टीनि बेलैमा | जस्ता शब्द गीतमा रहेका छन् ।
उक्त गीतको छाँयाकन जापानमा गरिएको छ जसमा निर्देशन पुरूषोतम सिग्देलको रहेकोछ भने छाँयाकंन विक्रम पुर्जाले गरेका हुन् जसमा नृत्य तथा अभिनय सुसिला गुरुङ्,सम्झना भण्डारी,सरीता पौडेल,रिता राना,ललिता तामाङ्, सुरज थापा लगाएतको रहेको छ उत्त गीतको भिडियो सम्पादन नेपालकै अति चर्चित सम्पादक सुजन शाहीले गरेका हुन् भने बजार व्यवस्थापन प्रसाद डिजिटलले गरेको छ। गायक माधव सिग्देलका बिहेमा नौमती,गैराबारी फुल फुल्यो,खै मादल यता ले लगायतका गीतहरू चर्चामा छन् ।