अब नेता स्खलित हुने समय गयो: प्रचण्ड - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अब नेता स्खलित हुने समय गयो: प्रचण्ड



नवगठित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेताहरू स्खलित हुने समय गएको बताएका छन् । पार्टी घोषणा सभामा बोल्दै प्रचण्डले अब जनताले दुख पाउने दिन पनि गएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले भने ‘नेताहरू अहिले स्खलित भएर जनताले पिटी पिटी मार्ने अवस्था आएको समयमा अब नयाँ सङ्कल्प गर्नुपर्ने छ । सबै साथीहरूले अब यो सङ्कल्प गरौँ नत्र हाम्रो पनि भविष्य छैन । उनले अगाडी भने हिंजो युद्धमा हामी मर्नको लागी तँछाड मछाड गर्थ्यौँ, यो युद्धमा मा अगाडी जान पाइन भनेर हानथाप हुन्थ्यो । त्यो संस्कारबाट आएका हामी पनि बिग्रिसक्यों त्यसैले अब सङ्कल्पको विकल्प छैन ।

पार्टी एकता घोषणा राष्ट्रिय सभागृहमा भइरहेको छ । एकताको घोषणा नेता माधव नेपालले गरेका थिए ।

नेपाली कम्युनिस्ट पार्टीहरूले गरेको यो ऐतिहासिक कामको सबैले अनुसरण गर्नुपर्ने भन्दै प्रचण्डले यो खुसीयालीमा सबैलाई बधाई र शुभकामना व्यक्त गरेका थिए ।

फाइल तस्विर