नेता पौडेल जापान प्रस्थान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेता पौडेल जापान प्रस्थान



हिमाल पोष्ट /१२ मंसिर, काठमाडौं ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा सकेसम्म सबैको सहमति जुटाउन प्रयास गर्नुपर्ने बताउनुभएको छ ।

जापानको साताव्यापी भ्रमणमा निस्कनुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रमुख दलबीच सहमति कायम गरी मधेसकेन्द्रित दललाई समेत विश्वासमा लिएर संशोधनको प्रक्रियालाई अघि बढाउनुपर्छ भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले २०७४ माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गरेर मुलुकलाई राजनीतिक सङ्क्रमणबाट निकास दिनु आवश्यक रहेको भन्दै त्यसपछि मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्छ भन्नुभयो ।

जापान सरकारको निमन्त्रणामा भ्रमणमा जानुभएका पौडेलका साथ सांसद राजन केसीलगायत सहभागी हुनुहु